अपराध

    Showing 1,901-1,910 of 2,232 items.
  • बाबुआमाको लछारपछारले शिशुको मृत्यु

    काठमाडौं— नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीप

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 403 पटक पढिएको
  • उपसचिव हुँ भन्दै ठगीगरेको अरोपमा एक महिला पक्राउ

    काठमाडौं— नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका वडा नम्बर ५ घर भई हाल  ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षिय जानकी न्यौपाने रहेकी छन् । उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई उनीहरुबाट रकम लिएकी थिइन् । उनले पीडितबाट सात लाख ६० हजार आठ सय रुपैयाँ तथा अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी अनय केही व्यक्तिबाट समेत रकम लिएकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । बाँकी रकम पनि माग्दै गरेको अवस्थामा उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो । उनीमाथि ठगी सम्ब

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 481 पटक पढिएको
  • नाबालिगमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

    काठमाडौं— इलाममा बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–४ बस्ने ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन् ।घटना वैशाख ५ गते भएको थियो दुईजना मिलेर नाबालिगलाई डरत्रास देखाएर हात बाँधेर कराउन नदिई सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । घटनापछि फरार रहेका उनीहरूलाई वैशाख ६ गते फाकफोकथुम गाउँपालिका–४ फुयतप्पाबाट पक्राउ गरिएको नायब उपरीक्षक राईले बताए । उनीहरूलाई जिल्ला अदालत इलामा उपस्थित गराई ७ दिनक

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 413 पटक पढिएको
  • दाङमा आफैंमाथि गोली चलाएपछि...

    काठमाडौं— दाङमा एक व्यक्तिले आफैंलाई गोली चलाएका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।उनले घरमा लाइन्सेन्सवाला बन्दुक राखेका थिए । सोही बन्दुकले घरमै आफैंमाथि गोली चलाएको पाइएको प्रहरीले जानकारी दिएको छ ।आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन । प्रहरीले सो बारे आज दिउँसो साढे ३ बजे जानकारी पाएको बताए । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो ।प्रारम्भिक अनुसन

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 517 पटक पढिएको
  • वैदेशिक रोजगारको लागि रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिनु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने २७ वर्षीय उमेश भोलोन रहेका छन् ।भोलोनलाई काठमाडौंको वडा नं. १२ टेकुबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए । उनले चार जनाबाट बिगो रकम तीन लाख चालिस हजार लिएर सम्पर्क विहीन भएको थिए । पीडितको जाहेरीपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भोलोनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोगजार विभा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 454 पटक पढिएको
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका—३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका—१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका—३२ बस्ने नुवाकोट विदुर नगरपालिका—५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका—६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रुपैयाँ र पोषणराजले जापान पठाइद

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 218 पटक पढिएको
  • एकपटक फोन गर्नु छ भनी झुक्याएर मोबाइल लुट्ने ३ जना पक्राउ

    काठमाडौं— मोबाइल लुटपाटमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका १८ वर्षीय शिखरजङ्ग थापा, धनुषाको सिर्सिया गाउँपालिका घर भएका १८ वर्षीय राज विष्ट यादव र रौतहटको गरुडा घर भएका सुरेश ठाकुर हजाम छन् । आरोपीहरुले वैशाख ५ मा काठमाडौंको बसुन्धारामा ट्याक्सी रोकेर ‘ठमेलमा सामान लिन जानुपर्नेछ’ एकपटक फोन गर्न भनेर मोबाइल मागी लुटेर फरार भएका हुन् ।प्रेम तामाङले चलाएको बा.२ ज ३४५८ नम्बरको ट्याक्सीबाट मोबाइल लुट्न शिखरजङ्गसहित दुई जना मोटरसाइकल चढेर गएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।आरोपीहरुक

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 344 पटक पढिएको
  • श्रीमतीको हत्या गरी श्रीमान् फरार, छोराछोरी घाइते

    काठमाडौं— काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ। गएराति शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो। हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन।पुतली र उनका बच्चाहरू घाइते अवस्थामा रहेको भनी प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीको टोली खटिएको थियो। ११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए।घटनास्थलबाट मृतक पुतलीका श्रीमा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 397 पटक पढिएको
  • गत चैत १५ गते राजावादीको आन्दोलनमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

    काठमाडौं— काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गए राति कोटेश्वरबाट पक्राउ गरेको हो । ३४ वर्षीय सिलवाल पूर्वराजा समर्थहरूको बिचमा सन्तोष राजावादी भनेर चिनिन्छन् । काठमाडौं–३२ कोटेश्वर स्थित महादेवस्थानबाट पक्राउ गरेर उनलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको ब्युरोका एकजना अधिकृतले जानकारी दिए । 

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 268 पटक पढिएको
  • मोटरसाइकल चढेर आएको व्यक्तिले युवतीमाथि गोली प्रहार

    काठमाडौं— रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान साढे ९ बजेतिर एक युवतीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनको परिचय नखुलेको र ढाडमा गोली लागेको प्रहरीले जानकारी दिएको छ।गम्भीर अवस्थामा रहेकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।मोटरसाइकल चढेर आएको व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ। 

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 389 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.