काठमाडौं— दाङमा एक व्यक्तिले आफैंलाई गोली चलाएका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।

उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनले घरमा लाइन्सेन्सवाला बन्दुक राखेका थिए । सोही बन्दुकले घरमै आफैंमाथि गोली चलाएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन । प्रहरीले सो बारे आज दिउँसो साढे ३ बजे जानकारी पाएको बताए । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।