अपराध

    Showing १८१-१९० of २,२३२ items.
  • राहदानी खरिदमा महाघोटाला : महानिर्देशकसहित १८ जना कानुनी घेरामा

    काठमाडौं । राहदानी खरिद प्रक्रियासँग जोडिएको बहुचर्चित प्रकरणले अब कानुनी मोड लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १८ जना व्यक्ति तथा संस्थालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।अख्तियारले यो प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ, जसले यसलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दामध्ये एक बनाएको छ।अनुसन्धानका क्रममा राहदानी छपाइ तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, प्रतिस्पर्धा र पारदर्शितासम्बन्धी प्रावधान उल्लंघन भएको निष्कर्ष अख्तियारले निकालेको स्रोतको द

    • प्रकाशित मितिः असार ८, २०८३
    • ३२५ पटक पढिएको
  • वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ

    काठमाडौं— कञ्चनपुरमा सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई आइतबार नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात भएको घटना आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा भएको थियो। कार्यक्रममा दुवै पक्षबीच विवाद र भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ।घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि हातपात गरेको दृश्य देखिएपछि

    • प्रकाशित मितिः असार ८, २०८३
    • ५७८ पटक पढिएको
  • ठूला व्यवसायीविरुद्ध मुद्दा परेपछि कर्पोरेट क्षेत्रमा चिन्ता, १८ कम्पनी निगरानीमा

    काठमाडौं— विभिन्न वित्तीय तथा आर्थिक कसुरसम्बन्धी मुद्दामा ठूला व्यवसायीहरू मुछिएपछि नेपाली कर्पोरेट क्षेत्र दबाबमा परेको छ। विवादित व्यवसायी दीपक भट्टसहित प्रभावशाली व्यावसायिक समूहका सञ्चालक र प्रवर्द्धकहरूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि उनीहरू आबद्ध कम्पनीहरूको एक खर्ब रुपैयाँभन्दा बढीको ऋण तथा लगानी जोखिममा परेको आकलन गरिएको छ।यसैबीच, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ती व्यवसायीहरूसँग सम्बन्धित १८ कम्पनीलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ सूचीमा राखेको छ। कानुनी विवादका कारण कम्पनीहरूको व्यवस्थापन, वित्तीय अवस्था, संस्थागत सुशासन र भविष्यको व्यावसायिक स्थायित्वमा असर पर्न सक्ने

    • प्रकाशित मितिः असार ८, २०८३
    • ५०९ पटक पढिएको
  • धनगढीमा लागुऔषधसहित ११ जना युवा पक्राउ

    काठमाडौं— कैलालीको धनगढीमा प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको विशेष अभियानअन्तर्गत एकै दिन ११ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा खैरो हेरोइन, चरेस र गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट खैरो हेरोइनजस्तो देखिने ९२ ग्राम ३०३ मिलिग्राम पदार्थसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवनारायण राना, रामअवतार राना, सुवास राना, जस्मन्त राना लगायतका व्यक्ति तथा एक १८ वर्षीय किशोर रहेका छन्।त्यसैगरी, वडा नम्बर–३ स्थित फाप्ला क्रिकेट मैदान नजिकबाट २ ग्राम ६३ मिलिग्राम चरेससहित

    • प्रकाशित मितिः असार ८, २०८३
    • ४३४ पटक पढिएको
  • लागुऔषधसहित वडासदस्य जैरू पक्राउ

    कञ्चनपुर। यहाँको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो ।प्रहरीले आज जारी गरेको विवरणअनुसार उहाँको शरीर खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएका अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल गरी जम्

    • प्रकाशित मितिः असार ८, २०८३
    • ३२८ पटक पढिएको
  • ब्राउन सुगरसहित प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ

    सिरहा— सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा तथा लागू औषध नियन्त्रण ब्युरो गोल बजार शाखाको संयुक्त टोली विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न पुगेको थियो। पक्राउ गर्ने क्रममा पासवानसहितको समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फा

    • प्रकाशित मितिः असार ८, २०८३
    • ७०७ पटक पढिएको
  • पाँच महिनापछि पक्राउ परे श्रीमतिलाई तातो तेल प्रहार गर्ने भट्ट

    कञ्चनपुर । श्रीमतीमाथि अमानवीय व्यवहार गर्दै तातो तेल खन्याएको आरोपमा फरार रहेका एक युवक पाँच महिनापछि प्रहरी नियन्त्रणमा परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टलाई शनिबार पक्राउ गरिएको हो। उनीमाथि गत वर्ष पुस १५ गते आफ्नै घरको भान्सामा सेलरोटी पकाइरहेकी श्रीमतीमाथि तातो तेल खन्याएको आरोप छ। घटनामा पीडित महिलाको अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घटना लगत्तै फरार भएका भट्टलाई प्रहरीले लामो खोजीपछि पक्राउ गर्न सफल भएको जनाएको छ।कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार पक्राउ परेका भट्टविरुद

    • प्रकाशित मितिः असार ७, २०८३
    • १४३ पटक पढिएको
  • भारतबाट नेपाल आउँदै गरेका युवक ठूलो परिमाणको लागुऔषधसहित पक्राउ

    विराटनगर— मोरङको रंगेली क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध ल्याउँदै गरेका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, अररिया जिल्लाका २५ वर्षीय अभिषेककुमार मण्डल रहेको प्रहरीले जनाएको छ।आइतबार राति करिब ८ः३० बजे इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले रंगेली नगरपालिका–५ भेडुवाथानमा चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एएच ८७९८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा मण्डलले भाग्ने प्रयास गरेका थिए। तर प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिन सफल भएको थियो।प्रहरीले मोटरसाइकलमा र

    • प्रकाशित मितिः असार ७, २०८३
    • ४४५ पटक पढिएको
  • बालबालिका भन्छनः ‘लागुऔषध र बालविवाह न्यूनीकरण गरिदिनुस्’

    टीकापुर। टीकापुरका बालबालिकाले स्थानीय तहका जनप्रतिनिधिसँग लागुऔषध सेवन तथा ओसारपसार र बालविवाह न्यूनीकरणमा प्रभावकारी काम गरिदिन माग गरेका छन् । ‘जनप्रतिनिधिसँग बालबालिका संवाद’ कार्यक्रममा सहभागी बालबालिकाले टीकापुर भारतीय सीमासँग जोडिएको पालिका भएकाले यहाँ लागुऔषधमा बालबालिका फस्दै गएकाले यसमा कडाइ गर्नेगरी काम गरिदिन माग गरेका हुन् । टीकापुर नगरपालिका-८ का बालक पृतमबहादुर टमट्टाले लागुऔषधको सेवनमा आफ्ना साथीहरू फसिरहेकाले यसलाई न्यूनीकरण गर्नेगरी प्रभावकारी पहलको माग गरेका छन् । “सीमा नजिक भएकाले वारिपारि गर्न खासै समस्या छैन, कतिपय साथीहरू भारत जाने उतै खाएर आउने गरेका छन्”, उनले भने

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३४६ पटक पढिएको
  • नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

    नेपालगन्ज। यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा रु २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गर्दै उनीहरूले नियम उल्लङ्घन गरेको बताउनुभयो । प्रहरीले रु २०० लिएर सो निरोगिताको प

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३०७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.