अपराध

    Showing 1,841-1,850 of 2,232 items.
  • इमाडोलमा केटी साथीको कोठामा गएका युवकको मृत्यु

    काठमाडौं— ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । गएराति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको मृत्यु भएको हो ।केटी साथीको कोठामा गएका युवक एक्कासी ढलेपछि उपचारका लागि किस्ट अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले मंगलबार बिहान ७ः३० बजे अधिकारीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट मृतक अधिकारीको केटी साथी काभ्रे जिल्ला स्थायी ठेगाना भएकी २२ वर्षीया युवती रहेको खुलेको छ । अचानक राती बेहोस भएपछि ती युवतीले उनलाई

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 347 पटक पढिएको
  • आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

    दाङ— आफ्नै श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 307 पटक पढिएको
  • प्रहरी जवान कुटपिट घटनामा संलग्न ४ जना पक्राउ

    तनहुँ— व्यास नगरपालिका– ५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि ४ जनाले कुटपिट गरेका हुन्।कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको हो ।उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 343 पटक पढिएको
  • युवतीलाई भारत पुर्‍याएर यौन धन्दामा लगाएकी अर्की २१ वर्षीया युवती पनि पक्राउ परिन्

    काठमाडौं— मानव बेचबिखनमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले यही वैशाख २७ गते पक्राउ गरेको हो। पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले जानकारी दिए।खातुनले यही वैशाखको २१ गते एक युवतीलाई नयाँ कपडा किनिदिन्

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 303 पटक पढिएको
  • कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    पर्सा, २९ बैशाख । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।  मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा खातुनले भारत लगेकी थिइन्। बिहार रक्सौलको होटलममा लगेर यौनधन्दामा सामेल गराएकी थिइन्। ती नाबालिकालाई प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नेपाल ल्याएको छ।  खातुनले यसअघि पनि नाबालिकालाई रक्स

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 332 पटक पढिएको
  • सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा

    काठमाडौं, २८ वैशाख । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्।जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।  अदालतमा सैनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरिएपछि सो निर्णय आएको हो। उक्त कोष हिनामिना प्रकरणमा संलग्नताको आशंकामा अवकास प्राप्त दुई सैनिक र बहालवाला दुई अधिकृतमाथि अनुसन्धान भइरहेको छ। सैनिक स्रोतका अनुसार हाल सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखी आन्तरि

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 273 पटक पढिएको
  • भन्सार छलीका ७२ लाखको सामान भुसमुनि भेटियो

    काठमाडौं— भन्सार छली गरी कपडा र धाराको पार्टपुर्जा ओसारपसार गरिरहेको ट्रकलाई प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिइएको छ ।साँगाबाट काठमाडौंतर्फ आइरहेको बा.४ ख.७६० नम्बरको ट्रक चेकजाँच गर्दा परालको भुसमुनि लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा कपडा तथा धाराको पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीले उक्त ट्रकमा करिब ७२ लाख रुपैयाँ बराबरको चोरी पैठारी गरिएका सामग्री फेला पारेको जनाएको छ ।ट्रकबाट बरामद गरिएको सामग्रीमा कुर्ता सुरुवाल ३८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० रोल, ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस र धाराको पार्टपु

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 461 पटक पढिएको
  • होटलको रुममा पस्नासाथ आए ‘नक्कली प्रहरी’ ...

    काठमाडौं— काठमाडौ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा भएका ‘केटी साथी’लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् । वैशाख २६ मा अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी कलङ्कीस्थित मेन्स होटलमा लुटिएका हुन् ।गिरोहले उनीहरूलाई दुई जना महिला प्रयोग गरेर ‘हनीट्रयाप’मा पारेर लुटपाट गरेका हुन् । गिरोहका सदस्यहरूले उनीहरूबाट ३ लाख ६३ हजार लुटेर हिँडेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । लुटमा संलग्न भएको आरोपमा ८ जना पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा नवलपरासीको देवचुली घर भएका सन्दीप परियार, चितवनको भरतपुर घर भएका २५ वर्षीय स

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 403 पटक पढिएको
  • पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दीपा कुमारी पोख्रेल रहेकी छन् ।पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपैयाँ लिएकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिए । पीडितबाट पैसा लिइ  लामो समयसम्म विदेश नपठाई सम्पर्

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 382 पटक पढिएको
  • कोदालोको पासोले श्रीमानको टाउकोमा प्रहार गरी हत्या, श्रीमती प्रहरीको नियन्त्रणमा

    खोटाङ— खोटाङमा सामान्य विवादको क्रममा श्रीमातीले कोदालोको पासोले प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । शनिबार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का ५१ वर्षीय पाँचकर्ण राईलाई  उनकै श्रीमती  ५३ वर्षीया  रेनुका राईले कोदालोको पासोले टाउकोमा प्रहार गरी घाईते बनाएकी थिइन् ।  घाइते राईलाई तत्काल प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले उद्दार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमान्डौ न्युरो अस्पताल पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 313 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.