दाङ— आफ्नै श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।