काठमाडौं— वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दीपा कुमारी पोख्रेल रहेकी छन् ।
पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपैयाँ लिएकी
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिए । पीडितबाट पैसा लिइ लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएकी उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ ।
थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।