खोटाङ— खोटाङमा सामान्य विवादको क्रममा श्रीमातीले कोदालोको पासोले प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । शनिबार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का ५१ वर्षीय पाँचकर्ण राईलाई उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले कोदालोको पासोले टाउकोमा प्रहार गरी घाईते बनाएकी थिइन् ।
घाइते राईलाई तत्काल प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले उद्दार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमान्डौ न्युरो अस्पताल पठाएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।