काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन् ।मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिक र बाँकि आठ जनालाई पक्राउ गरिएको थियो। यस्तै खैरो हेरोइन ३१० मिलिग्रामसहित २५ वर्षीय सुरेश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित कैलारी गाउँपालिका–७ हौसलपुरबाट भारतको लखिमपुर खिरी बेलापर्शुवाका ४७ वर्षका हरिचन्द्र कठरिया पक्राउ परेका छन् ।साथै टिकापुर नगरपालिका–२ राजीपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चारलाई टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हिरोइन र ५७० मिलिग्राम चरेशसहि
काठमाडौं— नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिअनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणीको म
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार बिहान काठमाडौंस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो। विभागले उनलाई आजै थप अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी गरेको स्रोतले जनाएको छ।अनुसन्धान निकायका अनुसार पौडेलको सेयर कारोबार, आर्थिक गतिविधि तथा सम्पत्तिको स्रोतबारे छानबिन भइरहेको छ। यही अनुसन्धानको सिलसिलामा उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो।पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका पौडेल
काठमाडौं— नेपालको इतिहासकै सबैभन्दा चर्चित सार्वजनिक खरिद विवादमध्ये एक मानिएको विद्युतीय राहदानी ठेक्का प्रकरण अन्ततः अदालतको ढोकामा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब रुपैयाँ बराबरको राहदानी खरिद तथा व्यवस्थापन सम्झौतामा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले दायर गरेको अभियोगपत्रले देशको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। राहदानीजस्तो संवेदनशील राष्ट्रिय दस्तावेजको खरिद प्रक्रियामै राजनीतिक प्रभाव, नीतिगत हस्तक्षेप र मिलेमतोको आरोप उठेपछि यो प्र
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि नेकपा एमालेले दुई महत्वपूर्ण बैठक बोलाएको छ।दिउँसो २ बजे च्यासलस्थित पार्टी कार्यालयमा संसदीय दलको बैठक बस्दैछ भने साँझ ६ बजे ओली निवास गुण्डुमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ।बैठकमा विष्णु पौडेल पक्राउपछि विकसित राजनीतिक परिस्थिति, पार्टीको आधिकारिक धारणा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई बाँकेमा राखिने भनिए पनि राति नै काठमाडौंतर्फ ल्याइएको छ। पौडेल पक्राउ प्रकरणले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरिरहेका बेला एमाले नेतृत्व निर्णायक छलफलमा जुट्न लागेको हो। पौ
काठमाडौं— बहुचर्चित राहदानी छपाइ ठेक्का प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जना प्रतिवादीलाई मंगलबार थुनछेक बहसका लागि विशेष अदालत उपस्थित गराइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २ गते अर्याललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। विस्तृत अनुसन्धानपछि आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तीमध्ये हाल नियन्त्रणमा रहेका सात जनामाथि विशेष अदालतमा बयान लिने प्रक्रिया जारी रहेको अदालतले जनाएको छ।विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार इजलासमा बयानको काम भइरहेको छ। बयान सकिएमा आजै थुनछेक बहस सम्पन्न भई अदालतले आवश्यक आदेश दिन
काठमाडौं— सिन्धुपाल्चोक प्रहरीले अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप)सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले बाह्रबिसे नगरपालिका वडा नम्बर ३ खाग्दलबाट जुगल गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय राम कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले गोप्य सूचनाका आधारमा तातोपानीबाट बाह्रबिसे आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडी जाँच गर्दा भेप बरामद गरेको हो । बरामद भएका कुल ७ हजार ७ सय थान विभिन्न ब्रान्डका भेपको अनुमानित बजार मूल्य २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।प्रहरी नायव उपरी
भक्तपुर— भक्तपुरको नगरकोट क्षेत्रमा सामान्य विवादले हिंसात्मक रूप लिँदा एक युवाको मृत्यु भएको छ। आइतबार राति करिब १० बजेतिर भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २८ वर्षीय आकाश रसाइलीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भएका रसाइली हाल नगरकोटमोड क्षेत्रमा बस्दै आएका थिए। घटनापछि गम्भीर अवस्थामा उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा सोमबार बिहान ६ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि एमालेभित्र तरंग सिर्जना भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनलाई सुर्खेतबाट पक्राउ गरेको हो।पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको बताइएको छ। अनुसन्धान निकायले उनको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे छानबिन गरिरहेको जनाएको छ।पक्राउअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत छापा मारिएको स्रोतको दाबी छ। पौडेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।पौडेलको पक्राउसँगै एमालेभित्र चासो र चर्चा बढेको छ भने राष्ट्रिय राजनीतिमा समेत यसको प्र
काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो। पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ। उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ।पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए। उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ। एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ।उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.