काठमाण्डौ  ।   नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो। 

पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ। उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए। उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ। एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ।

उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ।

विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको खुलेको छ।FB_IMG_1782135787810