काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि एमालेभित्र तरंग सिर्जना भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनलाई सुर्खेतबाट पक्राउ गरेको हो।

पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको बताइएको छ। अनुसन्धान निकायले उनको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे छानबिन गरिरहेको जनाएको छ।

पक्राउअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत छापा मारिएको स्रोतको दाबी छ। पौडेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

पौडेलको पक्राउसँगै एमालेभित्र चासो र चर्चा बढेको छ भने राष्ट्रिय राजनीतिमा समेत यसको प्रभावबारे बहस सुरु भएको छ।