अपराध

    Showing 1,731-1,740 of 2,232 items.
  • अदालतमा हाजिर भए राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा आज हाजिर भएका छन्। तीनकुनेमा चैत १५ गते भएको  आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। सो घटनासँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएपछि उनी अदालतमा हाजिर भएका हुन्।तीनकुनेमा भएको आन्दोलन शान्तिपूर्ण प्रदर्शनका क्रममा मिश्रसहित केही नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आज अदालतमा मिश्रको हाजिरीसँगै थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसको क्रममा अभियोजन पक्ष र प्रतिवादी पक्षबीच मिश्रलाई थुनामा राख्ने वा नराख्नेबारे कानुनी तर्कहरू प

    • प्रकाशित मितिः असार ३, २०८२
    • 377 पटक पढिएको
  • प्रतिबन्धित औषधी र खैरो हिरोइन सहित ४ जना पक्राउ

    विराटनगर—  गएराती मोरङ र झापाको विभिन्न स्थानहरु बाट प्रतिबन्धित औषधी र खैरो हिरोइनसहित ४ जनालाई  पक्राउ गरेको छ  । पक्राउ पर्नेमा राकेश लिम्बु, दिपेश खनाल, निजाम मिया र  पुष्कर मगर रहेका छन् ।लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका–४ का ३० वर्षीय लिम्बु र २२ वर्षीय  खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्रामसहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट ख

    • प्रकाशित मितिः असार २, २०८२
    • 482 पटक पढिएको
  • धरानमा ठूलो मात्रामा गाँजा बरामद, अदुवा–बन्दाकोपीको आडमा तस्करी प्रयास

    धरान — सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित एक मालबाहक ट्रक बरामद गरेको छ।सशस्त्र प्रहरी बल नं. ४ गण, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मलकुमार थापाका अनुसार सोमबार कोशी लोकमार्गस्थित शिवधारमा सशस्त्र प्रहरी बेस क्याम्प धरानबाट खटिएको एसपी सन्जीव पौडेलको नेतृत्वमा टोलीले चेकजाँचका क्रममा धनकुटाबाट धरानतर्फ आइरहेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा लुकाएर राखिएको गाँजा फेला पारेको हो।ट्रकमा अदुवा र बन्दाकोपी ल्याउने बहानामा गाँजा लुकाइएकाे थियाे। चेकजाँचमा ७० बोरा अर्थात् करिब २ हजार १३० केजी गाँजा बरामद भएको एसपी

    • प्रकाशित मितिः असार २, २०८२
    • 364 पटक पढिएको
  • साइबर अपराध अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पत्रकार दिलभूषण पाठक उच्च अदालतमा

    काठमाडौँ – पत्रकार दिलभूषण पाठकले साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उच्च अदालत पाटनमा पक्राउ नगर्न माग गर्दै निषेधाज्ञा रिट निवेदन दिएका छन्। आइतबार दर्ता गराइएको रिटमार्फत उनले आफूलाई पक्राउ नगर्न आदेश दिन अनुरोध गरेका हुन्।उक्त रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा साइबर ब्युरोलाई विपक्षी बनाइएको छ। यस विषयमा सुनुवाइ सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा तय गरिएको छ।पाठकद्वारा सञ्चालित युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नतासम्बन्धी रिपोर्ट सार

    • प्रकाशित मितिः असार २, २०८२
    • 506 पटक पढिएको
  • २१ सय किलो गाँजासहित ट्रक नियन्त्रण, चालक फरार

    सुनसरी— जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट सोमबार (आज) सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्रम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ ।भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो । गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् ।बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 392 पटक पढिएको
  • राप्रपाका महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित

    काठमाडौं -  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । उनी आज बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए ।राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 301 पटक पढिएको
  • चार महिनामा एक करोड ८२ लाखको अवैध सामान बरामद

    रौतहट— सशस्त्र प्रहरीले पछिल्ला चार महिनामा रौतहटबाट एक करोड ८२ लाख ९५ हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटले फागुन १ गतेदेखि जेठ मसान्तसम्मको अवधिमा सीमा क्षेत्रमा सक्रियता बढाउँदै यस्तो परिणाम निकालेको हो।प्रहरीले ६९ लाख ३२ हजार रुपैयाँ बराबरका सवारीसाधन नियन्त्रणमा लिएको गणपति सन्तोषकुमार बस्नेतले जानकारी दिए । तीमध्ये एक थान स्कार्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल रहेका छन्।यसैबीच, ८५ लाख ६८ हजार २२४ रुपैयाँ बराबरका अवैध किराना, कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टससमेत बरामद भएका छन्।यसबाहेक, स्रोत

    • प्रकाशित मितिः असार १, २०८२
    • 322 पटक पढिएको
  • गाविसमा भ्रष्टाचार गरेको भन्दै आयोगले नै विषेश अदालतमा १७ जनाविरुद्ध मुद्दा दायार गर्यो, कति पैसा हिनामिना भएको थियो ?

    काठमाडौं— बाँकेको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।नरैनापुर गाउँ विकास समिति बाँकेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गा.वि.स. सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आ.व.२०५७/५८ देखि २०७२/७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन

    • प्रकाशित मितिः असार १, २०८२
    • 344 पटक पढिएको
  • प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि प्रहरीको फन्दामा परे युवक

    गोरखा— आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा हालेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । शाहिदलखन गाउँपालिका–२ बस्ने १९ वर्षका जिफ्रान थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।रिलेसन सिपमा रहेको आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।जिफ्रान थापा मगरलाई अहिले विद्युतीय कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।पक्राउ परेका युवकले नाम परिवर्तित “(०८१।०८२) फ कुमारी” का प्रेमीलाई सामाजिक सञ्

    • प्रकाशित मितिः असार १, २०८२
    • 297 पटक पढिएको
  • मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर

    काठमाडौं — बलात्कार अभियोगमा पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरिएको छ।काठमाडौं जिल्ला अदालतले शुक्रबार गरेको अन्तिम आदेशमा पोखरेललाई बलात्कारमा भने अभियोग नपुगेको भन्दै उन्मुक्ति दिएको छ तर यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो। आदेश न्यायाधीश खिमानन्द भुषालको इजलासबाट जारी गरिएको हो।पोखरेलमाथि आफैले घरमा काम गर्न राखेकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो। काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नै घरबाट २०८० साउन १२ गते प्रहरीद्वारा पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले बलात्कारको कसुरमा मुद्दा दर्ता गरेको थि

    • प्रकाशित मितिः असार १, २०८२
    • 428 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.