विराटनगर—  गएराती मोरङ र झापाको विभिन्न स्थानहरु बाट प्रतिबन्धित औषधी र खैरो हिरोइनसहित ४ जनालाई  पक्राउ गरेको छ  । पक्राउ पर्नेमा राकेश लिम्बु, दिपेश खनाल, निजाम मिया र  पुष्कर मगर रहेका छन् ।

लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका–४ का ३० वर्षीय लिम्बु र २२ वर्षीय  खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्रामसहित पक्राउ गरेको छ । 

त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले दमक-७ का १९ वर्षीय मगरलाई प्रतिवन्धित औषधी ६ सय २० चक्की सहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।