अपराध

    Showing १,६७१-१,६८० of २,२३२ items.
  • ५३ वर्षीया महिला बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

    बारा— बारामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेटा गाउँपालिका– ३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहा रहेका छन् । उनलाई ​बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • ५३८ पटक पढिएको
  • स्कोरपियोको ठक्करबाट २५ वर्षीय ठाकुरको मृत्यु

    सुनसरी— सुनसरीस्थित बर्जु गाउँपालिका–१ को शुक्रबारेमा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। विराटनगरबाट चिमडीतर्फ जादै गरेको स्कोरपियोको ठक्करबाट सोही दिन साइकलयात्री २५ वर्षीय दीपचन ठाकुरको मृत्यु भएको हो। हालसम्म नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। त्यहीँ उपचारको क्रममा उनको निधन भएको हो। ठक्करपछि फरार चालक र स्कोरपियोको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असार १२, २०८२
    • ६३९ पटक पढिएको
  • लागुऔषध नियन्त्रण गर्न विभाग स्थापना गरिने

    काठमाडौंँ, १२ असारः सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आगामीवर्षमा सो विभाग स्थापना गरिने छ ।  सो कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताउनुभयो  । उहाँले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । “हामी लागुऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ ।” गृहमन्त्री लेखकले भन्न

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३१९ पटक पढिएको
  • ललितपुरको गाइफर्ममा १८ वर्षीया युवती मृत फेला

    ललितपुर— ललितपुरको गोदावरी नगरपालिका–९, छम्पीस्थित गाइफर्ममा मकवानपुरगढीकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनी ११ दिनअघि श्रीमान् पाल्साङ बम्जनसँग गाइफर्ममा काम गर्न गएकी थिइन्। दम्पतीले चार महिनाअघि विवाह गरेका थिए। गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • ६२२ पटक पढिएको
  • सप्तरी कारागारबाट भागेका थुनुवा डेढ महिनापछि पक्राउ

    सप्तरी — राजविराजस्थित जिल्ला कारागारबाट फरार भएका थुनुवा रमानन्द मण्डल घटनाको डेढ महिनापछि पक्राउ परेका छन्। चोरी मुद्दामा थुनामा परेका शम्भुनाथ नगरपालिका–११ निवासी ३५ वर्षीय मण्डल वैशाख १५ गते राति कारागारबाट भागेका थिए।उनी २०७९ पुस ६ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए। लामो समयदेखि फरार रहेका मण्डललाई बुधबार आफ्नै गाउँ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।उच्च सुरक्षा सतर्कता र चारैतिर अग्लो पर्खालले घेरिएको कारागारबाट मण्डल कसरी भाग्न सफल भए भन्नेबारे अझै स्पष्ट विवरण प्राप्त भएको छैन। घटनाको सम्बन्धमा प्रहरीको छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • ४३७ पटक पढिएको
  • टिपरको ठक्करबाट युवकको मृत्युभएपछि स्थानीयले टिपर जलाए

    जनकपुरधाम— सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।सर्लाही लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगतत्तै स्थानीयले टिपरमा आगजनी गरेका छन् ।घटना बारे थप अनुसन्धान

    • प्रकाशित मितिः असार १२, २०८२
    • ५५५ पटक पढिएको
  • भारतका विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका ५७ नेपाली स्वदेश फर्किए, गड्डाचौकीमा स्वागत

    महेन्द्रनगर  - आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधबार पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो।नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो।गड्डाचौकी नाका भएर स्वदेश ल्याइएका नेपालीहरूलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढका

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३९२ पटक पढिएको
  • मामा र भान्जाबीच आर्थिक लेनदेन, मामा मृत भेटिएपछि भान्जा नियन्त्रणमा

    कैलाली— कैलालीको लम्कीचुहामा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ भान्जा नाता पर्ने ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेका हुन् ।यस घटनाको अनुसन्धान गर्न प्रहरीले भान्जालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंह जैशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • ५९४ पटक पढिएको
  • अदालतमा रोचक बहस : अख्तियारका वकिलले सोधे – "हदबन्दीभन्दा बढी जग्गा कसको हुन्छ त?"

    काठमाडौं — पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालको थुनछेक बहसका क्रममा विशेष अदालतमा रोचक बहस देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले नै अदालतलाई प्रतिप्रश्न गरेका छन्।विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले पन्तलाई सोधेको थियो: “हदबन्दीभन्दा धेरै जग्गा खरिद गर्दा सरकारलाई के हानी-नोक्सानी हुन्छ?”जवाफमा पन्तले उल्टै प्रतिप्रश्न गरे – “हदबन्दीभन्दा बढी जग्गा कसको हुन्छ त?”पन्तले स्पष्ट रूपमा भने, “हदबन्दीभन्दा बढी खरिद भएको जग्गा अन्तत

    • प्रकाशित मितिः असार ११, २०८२
    • ४३० पटक पढिएको
  • गौरमा ठूलो परिमाणमा इन्जेक्सनसहित लागूऔषध बरामद, एक पक्राउ

    रौतहट - रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । ई–रिक्सामा राखी सेतो रंगको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रंगको कुटको डब्बामा लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध प्रहरीले बरामद गरेको हो ।चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विकलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए । उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सालाई गौर नगरपालिका–३, बीपी चोकबाट  रोकी चेकजाँच गर्दा  विकलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका विकलाई प्रहरीले बुधबार सार्वजनिक गरेको

    • प्रकाशित मितिः असार ११, २०८२
    • ३८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.