बारा— बारामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेटा गाउँपालिका– ३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहा रहेका छन् । उनलाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।