ललितपुर— ललितपुरको गोदावरी नगरपालिका–९, छम्पीस्थित गाइफर्ममा मकवानपुरगढीकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार उनी ११ दिनअघि श्रीमान् पाल्साङ बम्जनसँग गाइफर्ममा काम गर्न गएकी थिइन्। दम्पतीले चार महिनाअघि विवाह गरेका थिए। गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।