अपराध

    Showing 1,581-1,590 of 2,232 items.
  • १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

    काठमाडौं— सम्पत्ति शुद्धीकरण मुद्दामा १५ लाख रुपैयाँ धरौटी तोकिए पनि रकम बुझाउन नसकेपछि युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिए पनि अन्सारीले रकम बुझाउन नसकेपछि उनी जेल पुगेका हुन्।नक्कली नोट प्रकरणमा सजाय पूरा गरेर रिहा भएको केही समयमै, गत जेठ १० गते शनिबार, सीआईबीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो। उनीसहित चार व्यक्ति र एक संस्थामाथि सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित उनकी पत्नी सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई प्रतिवादी बनाइएको छ। ती तीन जना हाल फरार छन्।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 567 पटक पढिएको
  • सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल (फेसबुक) मा महिलाको चरित्र हत्या गरेर सामग्री पोस्ट गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी घर भएका ३१ वर्षीय रमेश बाग रहेका छन् ।उनलाई आइतबार साँझ काठमाडौंको नयाँ बानेश्वरस्थित मिलन चोकबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। आरोपी विरुद्ध प्रहरीले विद्युत्तीय कारोबार ऐन–२०६३ दफा (४७) अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।आरोपीले एक महिलाको अश्लील फोटो बनाएर फेसबुकमा पोस्ट गरेको आरोप छ । सो पोस्टबारे अनुसन्धान भइरहेको ब्युरोका अधिकृतहरू बताउँछन् । 

    • प्रकाशित मितिः असार २३, २०८२
    • 588 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका–१ लामथुम्बा घर भएका टोखा नगरपालिका–८ अर्याल बस्ती बस्ने ४१ वर्षीय सुकबिर लुङवा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोखा नगरपालिक–८ अर्याल बस्तीबाट पक्राउ गरेको हो।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 619 पटक पढिएको
  • भुसको थुप्रोमा लुकाइएको १५ लाख बराबरको काजु सर्लाहीमा बरामद

    सर्लाही— सर्लाहीमा भुस बोकेको ट्रकभित्र लुकाइराखिएको अवस्थामा करिब १५ लाख रुपैयाँभन्दा बढी मूल्यको काजु प्रहरीले बरामद गरेको छ। तस्करीको उक्त सामान ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले शनिबार राति नियन्त्रणमा लिएको हो।ग.२ ख १४१८ नम्बरको ट्रक कर्मैया–हरिपुर मार्ग हुँदै भारत सीमा नजिक दक्षिणतर्फ जाँदै गर्दा शंका लागेर ट्रक जाँच गरिएको थियो। जाँचका क्रममा भुसको थुप्रोमुनि लुकाइएका ३० बोरा काजु फेला परेको प्रहरी नायब निरीक्षक (सई) सुवास यादवले जानकारी दिए। तस्करी नियन्त्रण अभियानको नेतृत्व समेत सई यादवले गरेका थिए।प्रहरीका अनुसार भारतबाट तस्करी गरी ल्याइएको हुन सक्ने प्रारम्भिक अनुमान गर

    • प्रकाशित मितिः असार २३, २०८२
    • 649 पटक पढिएको
  • फरार अवस्थामा रहेका जसपा नेता अशोक यादवको अभिव्यक्ति: ‘मधेस नेपालबाट अलग हुनु पर्छ’

    काठमाडौं — जबरजस्ती करणीसहित विभिन्न आपराधिक अभियोगमा प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले आफ्नो आरोपलाई राजनीतिक र साम्प्रदायिक मोड दिने प्रयास गरेका छन्।अज्ञात स्थानबाट हिन्दी भाषामा जारी गरिएको भिडियो वक्तव्यमा यादवले नेपालमा मधेसी समुदायमाथि शोषण भइरहेको भन्दै भारतको बिहार राज्य सरकारसँग सहयोगको अपिल गरेका छन्।भिडियोमा उनले भनेका छन्, "नेपालमा मधेसीहरूलाई नागरिकतादेखि लिएर विभिन्न अपराधमा फसाइन्छ। मैले पनि मधेस आन्दोलनमा भाग लिएको थिएँ, त्यसकै कारण मलाई प्रहरीले टर्चर गर्‍यो।"यादवले प्रहरीमाथि राति कार्यालय खोलेर कमिसन उठाउने आरोपसमेत लगाएका छन्। आफूले यो व

    • प्रकाशित मितिः असार २३, २०८२
    • 364 पटक पढिएको
  • भोजपुरमा २१ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा दुई युवक पक्राउ

    भोजपुर — २१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पौवादुङमा गाउँपालिका–३ का रोशन विक र दिपेश राईलाई प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाको उजुरीको आधारमा प्रहरी चौकी च्याङग्रेबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 219 पटक पढिएको
  • भोजपुर हत्याकाण्ड : मृतकको शव पोष्टमार्टमका लागि धरान ल्याइयो

    इटहरी – भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल भोजपुरमा फरेन्सिक परिक्षणका लागि आवश्यक उपकरण नभएपछि सव धरान पठाइएको हो ।शनिबार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । तिमिल्सिनाकाका अनुसार छुरा प्रयोग गरेर हत्या गरिएको देखिए

    • प्रकाशित मितिः असार २३, २०८२
    • 177 पटक पढिएको
  • 'कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी, सेटिङ शुल्क परिमार्जन

    काठमाण्डौं— त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि पुनः सक्रिय हुन थालेका छन् ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन पठाउनको लागी तयार गरेको तथ्य प्राप्त भएको छ । विमानस्थलका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरू दैनिक भेटघाट गरेर गृह मन्त्रालयको ग्रीन सिङनल भन्दै पुन ‘कोड वर्ड’ प्रयोग गरेर तस्करी गर्ने गरेका हुन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर वि

    • प्रकाशित मितिः असार २३, २०८२
    • 671 पटक पढिएको
  • ठगीको आरोपमा एक जना पक्राउ

    काठमाडौं— काठमाडौंको मुलपानीबाट ठगीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा केदार अर्याल रहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।अर्यालमाथि आर्थिक ठगीको गम्भीर आरोप लागेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई सोमबार पक्राउ गरिएको हो। हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।यस घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 566 पटक पढिएको
  • कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैकलाई कृषि मन्त्री अधिकारीको आग्रह

    काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन्। नेपाल राष्ट्र बैकका गर्भनर डा.विश्वनाथ पौडेलसँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैक तथा वित्तिय संस्थाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औल्याए । ‘कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिदैन ,म

    • प्रकाशित मितिः असार २३, २०८२
    • 261 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.