काठमाडौं— सम्पत्ति शुद्धीकरण मुद्दामा १५ लाख रुपैयाँ धरौटी तोकिए पनि रकम बुझाउन नसकेपछि युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिए पनि अन्सारीले रकम बुझाउन नसकेपछि उनी जेल पुगेका हुन्।
नक्कली नोट प्रकरणमा सजाय पूरा गरेर रिहा भएको केही समयमै, गत जेठ १० गते शनिबार, सीआईबीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो। उनीसहित चार व्यक्ति र एक संस्थामाथि सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ।
अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित उनकी पत्नी सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई प्रतिवादी बनाइएको छ। ती तीन जना हाल फरार छन्।