भोजपुर — २१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पौवादुङमा गाउँपालिका–३ का रोशन विक र दिपेश राईलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित महिलाको उजुरीको आधारमा प्रहरी चौकी च्याङग्रेबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।