अपराध

    Showing 1,511-1,520 of 2,232 items.
  • रामेछापमा युवतीमाथि खुकुरी प्रहार, एक जना पक्राउ

    काठमाडौं— रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक युवतीमाथि खुकुरी प्रहार भएको छ। २७ वर्षीया एसिला सुनुवारमाथि बिहीबार ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट एसिलाको बायाँ हातको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते अवस्थामै उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो र अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ।रामेछाप जिल्ला प्रहरी कार्यालयका डीएसपी भोला भट्टले घटनामा संलग्न रजिन सुनुवारलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।प्रहरीले घटनाको कारण र पृष्ठभूमि बारे विस्तृत विवरण संकलन गरिरहेको

    • प्रकाशित मितिः साउन २, २०८२
    • 672 पटक पढिएको
  • ८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ

    काठमाडौं — एक ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा नेपाली सेनाका हवल्दार दिपक राउत पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ३७ वर्षीय राउतलाई बुधबार राति नागार्जुनको तल्लो टौखेलबाट पक्राउ गरिएको हो। उनी भक्तपुर चाँगुनारायणका स्थायी बासिन्दा हुन् र हाल कपिलवस्तुको गोरुसिंगेमा रहेको शमशेर दल गणमा कार्यरत छन्।प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा राउतलाई पक्राउ गरिएको जानकारी दिए।हाल राउतविरुद्ध अनुसन्धान अगाडि बढाइएको प्रहरी परिसरले जनाएको छ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 462 पटक पढिएको
  • डेरा लिएर लागुऔषध कारोबार गर्ने तीन जना पक्राउ

    काठमाडौं — कोठा भाडामा लिएर अवैध रूपमा लागुऔषध कारोबारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले काठमाडौं उपत्यकामा विशेष निगरानीपछि उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुमा मोरङको बेलबारी नगरपालिका–३ की ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदमबहादुर मेहता छन्।ब्यूरोका प्रवक्ता एसपी जनकबहादुर शाहीका अनुसार उनीहरूले बसोबास गरिरहेको डेराभन्दा अलग कोठा भाडामा लिएर लागुऔषध भण्डारण तथा कारोबार गर्दै आएका थिए।निकु राईले बालाजुस्थित गंगाहल नजिक लिएको कोठाबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल र करिब १२.५ किलो गाँजा लुकाएर राखेको अवस्थामा फेला प

    • प्रकाशित मितिः साउन १, २०८२
    • 375 पटक पढिएको
  • महिलामाथि खुकुरी प्रहार गरी गम्भीर घाइतेः अभियुक्त पक्राउ

    रामेछाप— जिल्लाको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले २७ वर्षीया एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन्।प्रहरीका अनुसार रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन्। सडक अबरुद्ध भएकाले उनलाई हेलिकप्टरमार्फत काठमाडौंको केएमसी अस्पताल पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।घटनापछि फरार रहेका रजिनलाई प्रहरीले उमाकुण्डकै भुजी क्षेत्रबाट पक्राउ गरेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले बताएका छन्।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 665 पटक पढिएको
  • युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    डोल्पा— डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका–६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन १, २०८२
    • 737 पटक पढिएको
  • दाँत भाँचिने गरी वडाध्यक्षको समूहले ठेकेदारलाई कुटपिट गरे

    अछाम— जिल्लामा एक निर्माण व्यवसायीमाथि वडाध्यक्षसहितको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय ठेकेदार कर्णबहादुर बुढामाथि मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको नेतृत्वमा नौ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।गत असार २२ गते दिउँसो सदरमुकाम मंगलसेनस्थित सनसाइन प्लाजा होटेलमा ठेकेदार बुढामाथि खुकुरी, फलामको रड, नक, मुक्का र लात प्रहार गरिएको थियो। कुटपिटबाट बुढाका दुई वटा दाँत भाँचिनुका साथै उनको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।घटनापछि असार ३० गते मात्र पीडित बुढाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थि

    • प्रकाशित मितिः साउन १, २०८२
    • 625 पटक पढिएको
  • गदिया खोलाबाट ३२३ किलो गाँजा बरामद

    विराटनगर— मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनाराबाट नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । बिहीबार राति १ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले ३२३ किलो ३०० ग्राम गाँजा फेला पारेको हो । प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा खोलाको किनारमा बेवारिसे अवस्थामा रहेको गाँजा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।गाँजा १० वटा बोरामा राखिएको अवस्थामा भेटिएको थियो । 

    • प्रकाशित मितिः साउन १, २०८२
    • 487 पटक पढिएको
  • लागुऔषध तस्करीमा विदेशीको सक्रियता दिनप्रति दिन बढ्दै

    काठमाडौं – नेपालमा लागुऔषध तस्करीमा भारतीय नागरिकहरूको संलग्नता बढ्दै गएको देखिएको छ। पछिल्ला दिनमा थाइल्यान्ड, अजरबैजान लगायत विभिन्न मुलुकबाट लागुऔषध बोकेर नेपाल आएका भारतीय नागरिकहरू क्रमशः पक्राउ परिरहेका छन्।थाइल्यान्डको बैंककबाट एयर एसियाको उडानमार्फत काठमाडौं आएकी ३० वर्षीया भारतीय महिला लियाओन फुङथरलाई प्रहरीले ५ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। उनी भारतको मणिपुर राज्यकी हुन्।गाँजा र कोकिन तस्करीमा संलग्न एक भारतीय नागरिक अमरजित सिंह सन्धु (६४), नयाँ दिल्ली निवासी, लैनचौरस्थित एक होटलबाट पक्राउ परेका छन्। उनी यस गिरोहका मुख्य योजनाकार रहेको प्रहर

    • प्रकाशित मितिः साउन १, २०८२
    • 504 पटक पढिएको
  • दाइको ससुराली गएका दाजु भाइमाथि खुकुरी प्रहार, भाइको मृत्यु

    इलाम— इलामको सूर्योदय नगरपालिका–१ मा गएराति इलामकै माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको छ। ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्योदय– १, शिरिसेमा हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनलाई ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ।स्थानीय काजी तामाङको घरमा भएको झगडाका क्रममा चापागाईँमाथि धारिलो हतियार हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनामा मृतक प्रकाशका दाजु निरोज पनि गम्भीर घाइते भएका छन्। पेटमा धारिलो हतियार प्रहार हुँदा गभ्मीर घाइते भएका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको

    • प्रकाशित मितिः साउन १, २०८२
    • 507 पटक पढिएको
  • चिनियाँले सिनामंगलमा खोलेको कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद

    काठमाडौं - काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कारखाना नै खोलेको पाइएको छ। अवैध रुपमा कारखाना खोलेर कर छली गर्दै आएको पाइएपछि प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको छ।गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा मारेको हो। यसक्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्।पक्राउ परेका चिनियाँ नागरिक चीनको स्यान्डोङका हुन्।  उनी हाल काठमाडौंको पुरानो सिनामंगलमा बसोबास गर्दै आएका थिए।गैरकानुनी रूपमा

    • प्रकाशित मितिः साउन १, २०८२
    • 340 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.