डोल्पा— डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका–६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।