अपराध

    Showing 141-150 of 2,232 items.
  • छिमेकीको हत्या गरेको आरोपमा सर्लाहीका युवक पक्राउ, आफ्नै परिवारलाई फसाउन खोजेको प्रहरीको दाबी

    सर्लाही— सर्लाही प्रहरीले छिमेकीको हत्या गरेको आरोपमा बसबरिया गाउँपालिका–१ मानपुरका २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिँदै अभियुक्तलाई सार्वजनिक गरेको हो।प्रहरीका अनुसार ५३ वर्षीय होसनारायण राय यादवको ७ असार राति भैंसी गोठमा सुतिरहेको अवस्थामा धारिलो हतियार (हसिया) प्रहार गरी हत्या गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेका यादवलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका

    • प्रकाशित मितिः असार १८, २०८३
    • 455 पटक पढिएको
  • अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

    धनगढी— कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दामा अदालतले एक महिना सात दिन कैद सजाय र जरिवानाको फैसला सुनाएको थियो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको बताए।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयनका लागि उनलाई सम्बन्धित निकायमा पेश गरिने जनाएको छ।

    • प्रकाशित मितिः असार १८, २०८३
    • 435 पटक पढिएको
  • बालिका करणीको आरोपमा ५३ वर्षीय विक पक्राउ, दुई जना अझै फरार

    काठमाडौं— प्रहरीले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पर्वत र कञ्चनपुरबाट एक–एक जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न भनिएका अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ।पर्वतको जलजला गाउँपालिका–ठोट्नेरीका ५३ वर्षीय गोरबहादुर विकलाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका १९ वर्षीय रमेश ढाँट (राम ढाँट) लाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार उक्त घटनामा प

    • प्रकाशित मितिः असार १८, २०८३
    • 441 पटक पढिएको
  • अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोलिएको थियो । जाँचका क्रममा म्यानिफेस्टमा उल्लेख नभएका ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना फेला परेका हुन् ।बरामद गरिएका सामग्रीमा २२ थान ठूला र ४४ थान सा

    • प्रकाशित मितिः असार १८, २०८३
    • 203 पटक पढिएको
  • पत्रकार खेम भण्डारी पक्राउ

    कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।अदालतले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेकोमा उच्च अदालतले थप ७ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको प्रहरीले जनाएको छ।सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

    • प्रकाशित मितिः असार १८, २०८३
    • 344 पटक पढिएको
  • ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    काठमाडौँ। नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमो

    • प्रकाशित मितिः असार १८, २०८३
    • 340 पटक पढिएको
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका४ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी ३४ वर्षीया सन्तोषी लामा, काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामदास महर्जन र काठमाडौं महानगरपालिका-१५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन् । पक्राउ मध्ये वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, ललित बहादुरले कोसो

    • प्रकाशित मितिः असार १७, २०८३
    • 216 पटक पढिएको
  • बँदेललाई थापेको विद्युतीय पासोमा आफ्नै पत्नी परेपछि...

    गुल्मी— जिल्लामा जंगली जनावरबाट बाली जोगाउन बारीमा थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-५, मन्टारीकी ६० वर्षीया हुमकला भण्डारी रहेकी छन् । सोही गाउँपालिका-५, मन्टारीमा ६६ वर्षीय भेषराज भण्डारीले थापेको विद्युतीय पासोमा परेर उनकै पत्नीको निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।भण्डारीले घरदेखि करिब १५० मिटर टाढा बारीमा जंगली बँदेलबाट बाली जोगाउन भनेर बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी पासो थापेका थिए।सोही करेन्टमा परी उनकी श्रीमती ६० वर्षीया हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल ज

    • प्रकाशित मितिः असार १७, २०८३
    • 416 पटक पढिएको
  • सीमाक्षेत्रमा ड्रोन उडाएको आरोपमा दुई नेपाली चीनमा पक्राउ

    काठमाडौं— चीन–नेपाल सीमावर्ती लप्ची क्षेत्रमा घुम्न गएका दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।सुरक्षा स्रोतका अनुसार काठमाडौंका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई सीमाक्षेत्रमा ड्रोन उडाएको आरोपमा असार १२ गते पक्राउ गरी स्थानीय प्रहरीको जिम्मा लगाइएको हो।उनीहरू हाल चीनको न्यालम काउन्टीमा रहेका छन्। उनीहरूको रिहाइका लागि नेपाली सुरक्षा निकाय र अध्यागमन कार्यालयले चिनियाँ पक्षसँग समन्वय गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • 502 पटक पढिएको
  • कोसीमा लागुऔषधसहित पाँचजना पक्राउ

    विराटनगर— कोसी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको अभियानअन्तर्गत मंगलबार पाँचजनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार धनकुटामा आलुको बोराभित्र लुकाएर ल्याउँदै गरेको ७७५ किलो गाँजासहित एक मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ। यस्तै, साँगुरीगढीबाट २० किलो गाँजासहित एक जना तथा मोरङका छुट्टाछुट्टै स्थानबाट तीनजनालाई ६ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।घटनामा संलग्न सबैमाथि थप अनुसन्धान भइरहेको कोसी प्रदेश प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • 494 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.