अपराध

    Showing 1,471-1,480 of 2,232 items.
  • कैलालीमा बलात्कार आरोपमा ५० वर्षीय व्यक्ति पक्राउ

    कैलाली— कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–४, मौरनियाका ५० वर्षीय रामकृष्ण चौधरी छन् ।१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 562 पटक पढिएको
  • २ केजी सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं— काठमाडौंको ठमेलस्थित एक होटलबाट प्रहरीले २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई नियन्त्रणमा लिएको हो। उनीहरू चीनको सियाचिन सहरका बासिन्दा भएको खुलेको छ।एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेकाहरूको साथबाट अवैध रूपमा ल्याइएको २ किलो सुन र नगद २४ लाख रुपैयाँ बरामद गरिएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि दुवै चिनियाँ नागरिक प्रेमी–प्रेमिका भएको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 581 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधसहित ६ जना पक्राउ

    विराटनगर— प्रदेश १ का विभिन्न जिल्लाबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, सुनसरी र धनकुटामा गरिएको छुट्टाछुट्टै अपरेशनमा उनीहरू पक्राउ परेका हुन्।झापाको गौरादह नगरपालिका–१ मा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय लुखीराम बास्की र १८ वर्षीय करण यादवलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यस्तै, सुनसरीको धरान–१३ मा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले ईटहरी–७ का २४ वर्षीय सुरेश खत्वे र ईटहरी–८ का २० वर्षीय तुलसी पासवानलाई ९ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।सुनसरीकै इटहरी–२ का २३ वर्षीय आकाश भण्डारीलाई सामुदायिक प्रहरी ब

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 504 पटक पढिएको
  • खेतमा लुकाइएको निजी कारबाट गाँजा बरामद

    रौतहट– रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिकबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उक्त गाँजा फेला पारेको हो। हाल बरामद गरिएको गाँजाको तौल गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले नियमित चेकजाँचका क्रममा उक्त कारलाई रोक्न खोज्दा चालकले गाडी नथामेर तीव्र गतिमा भाग्न थालेका थिए। पछि प्रहरी टोलीले पिछा गर्दा झाझ खोलानजिकै करिब २० फिट गहिरो खेतमा गाडी छाडेर चालक फरार भएका थिए।प्रहरीले सूचना पाएअनुसार रातो रंगको ब्रेजा कारमार

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 422 पटक पढिएको
  • कैलालीका वरिष्ठ वन अधिकृत घुससहित पक्राउ

    काठमाडौं—  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।स्थानीय चुरे गाउँपालिका—६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो।आरोपी यादवको साथबाट रु ७ लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो। आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 559 पटक पढिएको
  • ‘आत्महत्या गर्ने कि हत्या? मैले हत्या रोजेँ’ – पक्राउ परेकी युवतीको चकित पार्ने बयान

    महोत्तरी— महोत्तरी गाउँपालिका–१ का ३२ वर्षीय बिमलेश यादवको हत्या अभियोगमा प्रहरीले २१ वर्षीया युवती जुली झालाई पक्राउ गरेको छ। प्रहरीले गेष्ट हाउसमा भएको घटनापछि उनलाई महोत्तरीकै परौलबाट नियन्त्रणमा लिएको हो।प्रहरी अनुसन्धान अनुसार जुली र बिमलेशबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। प्रारम्भिक बयानमा झाले भनेकी छन्, “उसँग सम्बन्ध तोड्न सक्दिनथेँ, ब्ल्याकमेल हुँदै आएको थियो। आत्महत्या वा हत्या – दुई विकल्प थिए, म दोस्रो रोजेँ।झाका अनुसार बिमलेशले सहमतिमा भएको शारीरिक सम्बन्धका फोटो र भिडियो खिचेर ब्ल्याकमेल गरिरहेका थिए। ती दृश्यहरू उनले जुलीका आफन्त र साथीहरूलाई समेत पठाएका थिए।साउन ३ गते ग

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 709 पटक पढिएको
  • दाङमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

    दाङ — आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा दाङ प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार, असार ३० गते राति भएको भनिएको घटनाको उजुरीका आधारमा साउन ३ गते आरोपीलाई घरबाटै पक्राउ गरिएको हो।पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार, घटनाका बेला पीडितकी आमा र भाइ भारतमा रोजगारीमा थिए। पीडितको गोपनीयतालाई ध्यानमा राख्दै प्रहरीले आरोपीको नाम र ठेगाना सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 512 पटक पढिएको
  • धनुषाको विद्यालय कक्षा कोठामा शिक्षिका मृत फेला, मिटरब्याजको दबाबले आत्महत्या गरेको आशंका

    जनकपुरधाम— धनुषाको मिथिला नगरपालिका–८ स्थित एक विद्यालयको कक्षा कोठामा एक शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।जनता राष्ट्रिय आधारभूत विद्यालय, जमुनिबासको बाल विकास कक्षा कोठामा ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगरको शव गत साउन १ गते बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनी सोही विद्यालयमा बाल विकास कक्षामा अध्यापन गर्दै आएकी थिइन्।प्रहरीका अनुसार मृतक मगरले जनकपुरधाम उपमहानगरपालिका–९ निवासी ५५ वर्षीय राजकिशोर यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋण तिरेको भए पनि यादवले खाली चेकमा ४५ लाख रुपैयाँ लेखेर बार्गेनिङ गर्दै मानसिक दबाब दिएको प्रारम्भिक अनुसन्धा

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 502 पटक पढिएको
  • ६ करोड ४५ लाख ठगी आरोपमा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

    काठमाडौं — शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगन्जका अनुसार उनलाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।वृत्तका प्रवक्ता अपिल बोहोराले अग्रवालमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए। “शेयरसम्बन्धी ठगी र विश्वासघात मुद्दामा उनलाई नियन्त्रणमा लिइएको हो,” बोहोराले भने। प्रहरीका अनुसार अग्रवालविरुद्ध परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 634 पटक पढिएको
  • सर्वोच्चको कैद फैसलापछि फरार तिमिल्सिना अन्ततः पक्राउ..

    काठमाडौं, साउन  सिधाकुरा अनलाइन मिडियालाई नक्कली अडियो उपलब्ध गराएर विवादमा तानिएका राजकुमार तिमिल्सिना अन्ततः पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो। कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी ईश्वर कार्कीले पक्राउको पुष्टि गरेका छन्।सर्वोच्च अदालतले यसअघि तिमिल्सिनालाई छ महिनाको कैद सजाय तोकेको थियो। सोही प्रकरणमा, सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई पनि अदालतको अवहेलना गरेको ठहर गर्दै तीन महिनाको कैद सजाय तोकिएको थियो। तर, कँडेल र ढुंगानाले क्षमायाचना गरेपछि सात दिन जेल बसेर छुटेका थिए। तिमिल्सिना भने त्यसयता फरा

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 1,438 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.