अपराध

    Showing 1,411-1,415 of 1,415 items.
  • सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

    काठमाडौँ  / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।  वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली लगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार लामिछानेविरुद्ध १० द

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 143 पटक पढिएको
  • सन्दीप लामिछानेको बहस सकियो , केहीबेरमै आदेश आउने

    काठमाडौँ / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।  सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 230 पटक पढिएको
  • धारिलो हतियार प्रयोग गरि ७० वर्षीया आमाको हत्या

    काठमाडौं / काठमाडौंमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका -३ घर भई कागेश्वरी मनोहरा नगरपालिका -८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । आफ्नै डेरा कोठामा जय बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 72 पटक पढिएको
  • १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ

    झापा / १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका -८, गणपते बस्ने ६३ वर्षीय रामजीबहादुर थापा क्षेत्री रहेका छन् । उनले बालिकालाई अमला टिपिदिने बहानामा फकाएर नजिकैको जङ्गलमा पुर्याएपछि बलात्कार गरेको पीडितका परिवारले बताए पछि उनलाई गएराति इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 82 पटक पढिएको
  • विराटनगरमा ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

    बिर्तामोड /  ६ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १२ का ३८ वर्षीय साजन कामत रहेका छन् । कार्तिक ११ गते दिउँसो घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् ।नाबालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म पुगेको थियो । जाहेरीपछि आरोपीलाई पक्राउ गरि अनुसन्धान अगि बढाइको  मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 97 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा