अपराध

    Showing 1,411-1,420 of 2,232 items.
  • लागु औषधसहित २ युवक नागढुंगाबाट पक्राउ

    काठमाडौं— काठमाडौको नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध र ६० हजार रुपैयाँ नगदसहित दुई युवकलाई पक्राउ गरेको छ। चौध हजार सातसय ६० क्याप्सुल लागु औषध (ट्रामाडोल) र साठी हजार नगदसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी नगरपालिका–५ घर भएका २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा रहेका छन्। गएराति सवा १ बजे लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयक्त टोलिले बा।प्र ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगा पिप्लामोडमा जाँच गर्दा नगद र लागू औष

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 699 पटक पढिएको
  • सहकारी अध्यक्ष र सचिव फरार, लेखा परीक्षणले देखायो करोडौँ अपचलन

    रुपन्देही– रुपन्देहीको तिलोत्तमास्थित डिङ्गर नगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाको स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन स्वतन्त्र लेखा परीक्षण समितिलाई हस्तान्तरण गरिएको छ।सहकारीको करोडौँ रकम हिनामिनाको विषयमा छानबिन गर्न स्वतन्त्र लेखा परीक्षण समिति गठन गरिएको थियो।सहकारीको रकम हिनामिना गरेर अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर कुवंर फरार भएपछि सहकारीका अन्य सञ्चालक र बचतकर्ताहरूले लेखा परीक्षक योगचन्द्र बास्तोलाको नेतृत्वमा स्वतन्त्र लेखा  परीक्षण  गर्न समिति बनाएको थियो।सोही समितिले २८ दिन लगाएर तयार गरेको करिब ४५० पृष्ठको प्रतिवेदन समितिका कोषाध्यक्ष र बचतकर्ताद्धारा गठित छा

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 606 पटक पढिएको
  • ठमेलको दोहोरी साझँबाट झगडा गरेको आरोपमा सानुभाइ पक्राउ

    काठमाडौं - ठमेलको दोहोरी साँझमा झगडा गरेको आरोपमा प्रहरीले सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ।गएराति ठमेलको नगरकोट दोहोरी साँझबाट उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।‘दोहोरी साँझमा झैझगडा गरेको भनेर कन्ट्रोलमा खबर आएको थियो। हुलमुलमा नियन्त्रणमा लिँदा उनी पनि रहेको देखियो। अहिले अरूको स्क्रिनिङ भइरहेको छ,’ उनले भने।अहिले उनी पक्राउ परे पनि मुद्दा चल्ने/नचल्नेबारे यकिन भइसकेको छैन।सानुभाइविरूद्ध पुराना कुनै मुद्दा बाँकी रहे/नरहेको बारेमा पनि हेरिने उनले बताए।नुवाकोट घर भएका सानुभाइ यसअघि पनि पटकपटक कुटपिटका घटनामा

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 999 पटक पढिएको
  • नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौं— नक्कली सुन तथा विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० का ४७ वर्षीय विमल तामाङ, काठमाडौं बुढानीलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली–१२ का ३९ वर्षीय लालबहादुर घिसिङ, र भक्तपुर मध्यपुर थिमी–१ लोकन्थली बस्ने खोटाङ दिक्तेल मझुवागढी–१४ बुईपाका ३९ वर्षीय भक्तबहादुर गदाल विक रहेका छन्।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।पक्राउ परेकाहरू काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना व्यक

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 701 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधीसहित मेडिकल सञ्चालक पक्राउ

    मोरङ— मोरङको केरावारी गाउँपालिका–७ स्थित मुगु मेडिकलका सञ्चालक प्रतिबन्धित लागू औषधीसहित पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति बेलबारी नगरपालिका–८ का २८ वर्षीय मनिष कुँवर हुन्।साउन १३ गते बिहान विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केरावारी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मेडिकलमा छापा मारेर ठूलो मात्रामा लागू औषधी बरामद गरेको हो।प्रहरीका अनुसार मेडिकलको भित्री भागमा लुकाइछिपाई राखिएको अवस्थामा ४ हजार ५ सय ट्याब्लेट डिकोलिक र ४ हजार ५ सय ट्याब्लेट ट्रामाडोल फेला पारिएको छ। यी दुबै औषधीहरू बिना चिकित्सकको प्रेसक्रिप्सन बिक्री–वितरण गर्न कानुनी रूपमा प

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 607 पटक पढिएको
  • किर्ते कागजात र संघसंस्थाका छापसहित दुईजना पक्राउ

    काभ्रे –  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेल नगरपालिका- १२ को वडा कार्यालयको लेटर प्याड छाप तथा वडा अध्यक्षको सही समेत किर्ते गरी नक्कली कागजात बनाएको घटनाका अभियुक्तलाई सार्वजनिक गरेको छ ।प्रहरीले जिल्ला गोरखा सहित लखन गाउँपालिका वडा नं १ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका -३१ नयाँ बानेश्वर बस्ने  ४१ वर्षीय किरण अर्याल र काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर १२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो।वडा अध्यक्षको हस्ताक्षर नै नक्कली भएको भनी सूचनाको आधारमा प्रहरी टोलीले आवश्यक अनुसन्धान गर्दै जाँदा विभिन्न संघसंस्थाका २६ स्थान छ

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 989 पटक पढिएको
  • काठमाडौं र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं— काठमाडौं र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । रमेशलाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  त्यस्तै १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी बस्ने २७ वर्षीय भेष राज दुलाललाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । भेष राजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधार

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 602 पटक पढिएको
  • सिरहामा ज्येष्ठ नागरिकको हत्या, पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्ध

    जनकपुरधाम— सिरहामा एक ज्येष्ठ नागरिकको हत्या भएको छ। धनगढीमाई नगरपालिका–११ आमचोक निवासी ७५ वर्षीय अनिल लाल यादवको सुतेकै अवस्थामा हत्या भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।यादवलाई अज्ञात व्यक्तिले रातिको समयमा हतियार प्रयोग गरी आक्रमण गरेका प्रहरीले जनाएको छ । आज बिहान करिब ६ः२० बजे प्रहरीलाई यादव गम्भीर घाइते अवस्थामा भेटिएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानको भनाइ छ ।उनीलाई तत्कालै प्रादेशिक अस्पताल सिराहा लगिएको थियो, तर उपचारको क्रममा बिहान ८ः२० बजे मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।हत्या भएपछि स्थानीय बासिन्दाले विरोध स्वर

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 547 पटक पढिएको
  • प्रहरी जवान बलात्कार आरोपमा पक्राउ

    काठमाडौँ – हेडक्वार्टमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् ।हात्तीवनस्थित डेरामा बलात्कार गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । उनले भने, ‘जबर्जस्तीकरणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’जवान बाजुराका स्थानीय हुन् । उनले कालिकोट घर भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कारपछि विकले सामाजिक सञ्जालमा ती महिला आफ्नी पत्नी भएको भन्दै पोस्ट गरेका थिए । पीडित युवती र आरोपी दुवै विवा

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 687 पटक पढिएको
  • धनुषामा १४ वर्षीया बालिकाको निर्मम हत्या, आमा र भतिजी घाइते

    जनकपुर — धनुषा जिल्लामा एक दर्दनाक घटना भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक सोमबार राति भएको एक आक्रमणमा १४ वर्षीया बालिकाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।बटेश्वर गाउँपालिका–५ निवासी दिनेश यादवकी छोरी अञ्चली यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन्।घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा देवी र १५ वर्षीया भतिजी राधा पनि घाइते भएका छन्। आशा देवीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र हातमा चोट पुगेको छ। उनीहरूको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।यस

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 554 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.