काठमाडौं— काठमाडौको नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध र ६० हजार रुपैयाँ नगदसहित दुई युवकलाई पक्राउ गरेको छ।
चौध हजार सातसय ६० क्याप्सुल लागु औषध (ट्रामाडोल) र साठी हजार नगदसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी नगरपालिका–५ घर भएका २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा रहेका छन्।
गएराति सवा १ बजे लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयक्त टोलिले बा।प्र ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगा पिप्लामोडमा जाँच गर्दा नगद र लागू औषध फेला परेको हो।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत थानकोट बुझाइएको प्रहरीले जनाएको छ।