जनकपुरधाम— सिरहामा एक ज्येष्ठ नागरिकको हत्या भएको छ। धनगढीमाई नगरपालिका–११ आमचोक निवासी ७५ वर्षीय अनिल लाल यादवको सुतेकै अवस्थामा हत्या भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

यादवलाई अज्ञात व्यक्तिले रातिको समयमा हतियार प्रयोग गरी आक्रमण गरेका प्रहरीले जनाएको छ । आज बिहान करिब ६ः२० बजे प्रहरीलाई यादव गम्भीर घाइते अवस्थामा भेटिएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानको भनाइ छ ।

उनीलाई तत्कालै प्रादेशिक अस्पताल सिराहा लगिएको थियो, तर उपचारको क्रममा बिहान ८ः२० बजे मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

हत्या भएपछि स्थानीय बासिन्दाले विरोध स्वरूप केहीबेरका लागि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। अहिले स्थिति सामान्य हुँदै गएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।