अपराध

    Showing 1,401-1,410 of 2,232 items.
  • ३०० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

    झापा— झापाको कन्काई नगरपालिका–३ सुरुङ्गास्थित टेम्पु स्टेन्डबाट ३०० ग्राम लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा साउन १६ गते चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुली भिमान नगरपालिका–१० का २६ वर्षीय विनोद बि.क. र झापा गाउँपालिका–३ की २४ वर्षीया प्रेमकला महतो रहेका छन्।उनीहरूको साथबाट बरामद गरिएको लागू औषध ब्राउन सुगरसहित थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 745 पटक पढिएको
  • दाजुको खुकुरी प्रहारबाट भाइको हत्या

    ताप्लेजुङ—  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ आहालेमा दाजुले खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्।२२ वर्षीय मन कुमार बि.क.ले सामान्य विवादका क्रममा २० वर्षीय भाई रोशन बि.क.माथि खुकुरी प्रहार गर्दा रोशनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना साउन १६ गते साँझ करिब ६ बजेको समयमा भएको हो।घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले मन कुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ।हाल उनीमाथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 689 पटक पढिएको
  • ललितपुरमा घाँटी थिचेर श्रीमानले गरे श्रीमतीको हत्या, आरोपित पक्राउ

    ललितपुर— ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । प्रहरीले हत्या आरोपमा मृतकको श्रीमानलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ४६ वर्षीय निरज खड्गी रहेका छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।शनिबार बेलुका दुबै जनाले मदिरा पिएको र त्यसपछि विवाद भएपछि हत्या गरेको पाइएको एसएसपी अधिकारीको भनाइ छ । निरजले कमलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।स्थानीयले नै श्रीमान निरजलाई घेरा हालेर राखेको अवस्थामा प्रहरी पुगेर पक्राउ

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 767 पटक पढिएको
  • १०३ किलो गाँजासहित सिरहाबाट ९ जना पक्राउ

    सिरहा— जिल्लाको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले पक्राउ पर्नेमा पाँच जना भरिया, एक जना रेक्की गर्ने व्यक्ति, गाँजा साहु तथा खरिद गर्न आएका दुईजना भारतीय नागरिक रहेको बताए ।भरियामा गोलबजार नगरपालिका–१ मक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् । रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका–३ का ४२

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 734 पटक पढिएको
  • हवाई फायर गरेर दुई जना पक्राउ

    सप्तरी— सप्तरीमा  प्रहरीले खैरो हेरोइन बोकेका दुई जनालाई हवाई फायर गरेर पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय रहेका प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको छ। उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 693 पटक पढिएको
  • खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते

    कञ्चनपुर— जिल्लामा खुकुरी प्रहारबाट १६ वर्षीय युवक गम्भीर घाइते भएका छन्। दुई जनाको समूहले खुकुरी प्रहार गर्दा पुनर्वास नगरपालिका–५ स्थित ‘घ’ गाउँका आयुष बोहरा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोरा बुधवार राति पुनर्वास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरामाथि खुकुरी प्रहार गरेका थिए।खुकुरी प्रहारबाट गम्भीर घाइते बोहराको पुर्नवास स्थित बिएन पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका ल

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 661 पटक पढिएको
  • कोदालो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

    पाँचथर— पाँचथरको फालेलुङ गाउँपालिका–७ आहालेका महेन्द्र तामाङले कोदालो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्। पारिवारिक विवादका क्रममा तामाङले २२ वर्षीया श्रीमती अनु राईमाथि बुधबार राति आक्रमण गरेका थिए।घाइते राईलाई तत्काल उपचारका लागि झापास्थित विएण्डसि अस्पताल लगिएको थियो। तर गम्भीर घाइते भएकी उनको शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।राई माइती घर फिदिम नगरपालिका–१ नाम्दुमा बस्दै आएकी थिइन्। तामाङ केही दिनअघि ससुराली आहालेबाट नाम्दु आएका थिए । घटनाको कारण पारिवारिक विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमाबाट खुलेको छ।प्रहरी निरीक्षक तथा कार

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 753 पटक पढिएको
  • गुण्डागर्दीमा संलग्न (चक्रे मिलन) सहित ४७ जना पक्राउ

    काठमाडौं— काठमाडौंमा गुण्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन) सहित ४७ जना पक्राउ परेका छन्। उनीहरूलाई महाराजगञ्ज, ठमेल र दरबारमार्गबाट गएराति प्रहरीले पक्राउ गरेको हो। जन्मदिन मनाइरहेका बेला चक्रे मिलनलाई महाराजगञ्जस्थित होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई धम्क्याउने, तर्साउने र आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा सोधपुछ गरिरहेको छ। यसै क्रममा घैँटेका सहयोगी ‘सानुभाइ’ पनि ठमेलबाट पक्राउ परेका छन्। हाल प्रहरीको विशेष टोलीले रेष्टुरेन्ट र क्लबहरूमा निगरानी बढाएको छ।

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 767 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–६ बस्ने सुर्खेत लेकवेशी नगरपालिका–१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाले उक्त मुद्दामा १५ लाख रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपूर्ति बापत ६० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका सुकरामलाई

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 761 पटक पढिएको
  • गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ

    काठमाडौं— गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।झैझगडा गरेको आरोपमा गएराति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले बाह्रखरीलाई जानकारी दिए । उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए । उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 767 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.