काठमाडौं— काठमाडौंमा गुण्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन) सहित ४७ जना पक्राउ परेका छन्। उनीहरूलाई महाराजगञ्ज, ठमेल र दरबारमार्गबाट गएराति प्रहरीले पक्राउ गरेको हो।
जन्मदिन मनाइरहेका बेला चक्रे मिलनलाई महाराजगञ्जस्थित होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई धम्क्याउने, तर्साउने र आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा सोधपुछ गरिरहेको छ। यसै क्रममा घैँटेका सहयोगी ‘सानुभाइ’ पनि ठमेलबाट पक्राउ परेका छन्। हाल प्रहरीको विशेष टोलीले रेष्टुरेन्ट र क्लबहरूमा निगरानी बढाएको छ।