सप्तरी— सप्तरीमा  प्रहरीले खैरो हेरोइन बोकेका दुई जनालाई हवाई फायर गरेर पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय रहेका प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको छ। उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।