अपराध

    Showing 101-110 of 2,232 items.
  • झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

    भद्रपुर। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२÷८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका रु पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका अवैध सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रन्जन अवाका अनुसार बरामद गरिएका सामानमध्ये सबैभन्दा बढी रु एक करोड ४९ लाख ६१ हजार ६५० बराबरका सवारीसाधनका पार्टपुर्जा रहेका छन् । त्यसैगरी, रु ६५ लाख १५ हजार ५७ बराबरका लत

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 216 पटक पढिएको
  • हत्या गरेको अभियोगमा पक्राउ

    काठमाडौं— हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा मादी नगरपालिका—४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका—७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको क्रममा अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 469 पटक पढिएको
  • संखुवासभामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौं— संखुवासभामा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई मादी नगरपालिका–४, डाँडागाउँमा बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्की छन् ।आफ्नी श्रीमती ४३ वर्षीया फूलमाया मुदेलको हत्या गरेको उनीमाथि आरोप छ । घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।घटनामा प्रयोग गरिएको खुकुरीसहित उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान कानुनी प्रक्रिया अघि बढाएको छ ।

    • प्रकाशित मितिः साउन २, २०८३
    • 689 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका—१४ बस्ने २७ वर्षीय सुरेन्द्र पटेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।उक्त मुद्दामा ३ दिन कैद र ४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका—१२ श्रीपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेश गरिएको छ ।

    • प्रकाशित मितिः साउन २, २०८३
    • 493 पटक पढिएको
  • फरार अभियुक्त १८ वर्षपछि पक्राउ

    जनकपुरधाम। दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी २५ वर्षीया चन्द्रिकादेवी रायलाई हतियार प्रहार गरेर हत्या गरी फरार रहेका स्थानीय ६० वर्षीय रामनाथ रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो ।दाइजोको विषयलाई लिएर गत २०६५ साल भदौ ३ गते विहान ९ बजेको समयमा चन्द्रिकाका श्रीमान् बौधा रायसहित तीन जनाले चन्द्रिकामाथि धारिलो हतियार प्रहार गरेको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते

    • प्रकाशित मितिः साउन २, २०८३
    • 266 पटक पढिएको
  • नक्कली नोट छाप्ने एक भारतीयसहित ६ जना पक्राउ

    रुपन्देही— नक्कली नेपाली नोट उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका नक्कली नोट, नोट छाप्ने उपकरण तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलमा छापा मार्ने क्रममा गिरोहका सदस्यहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नोट बरामद गरिएको छ, जसको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको छ।पक्राउ पर्नेमा बुटवल–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी ९कृष्ण०, कपि

    • प्रकाशित मितिः साउन १, २०८३
    • 524 पटक पढिएको
  • मनिता मृत्यु प्रकरणमा अस्पताल दोषी, ३९ लाख क्षतिपूर्ति तिर्न अदालतको आदेश

    काठमाडौं । प्रसूति उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योत्सना शर्मा तिवारीको चिकित्सकीय लापरबाही पुष्टि गरेको छ। अदालतले अस्पताललाई ३० लाख र चिकित्सकलाई ९ लाख रुपैयाँ गरी पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो।अदालतका अनुसार सिभियर प्रि–एक्लेम्प्सिया भएकी बिरामीलाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट समयमै नदिइनु उपचार प्रक्रियाको गम्भीर त्रुटि थियो। शल्यक्रियापछि मात्र औषधि दिइएकाले बिरामीको अवस्था थप जटिल बनेको अदालतले ठहर गरेको छ।मनिता शर्म

    • प्रकाशित मितिः साउन १, २०८३
    • 319 पटक पढिएको
  • स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    काठमाडौँ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो । दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्रा गरेको जनाइएको छ ।

    • प्रकाशित मितिः साउन १, २०८३
    • 188 पटक पढिएको
  • करोडौंको घुसकाण्डमा सुनिल पौडेल दोषी, साढे ८ वर्ष जेल

    काठमाडौं । बहुचर्चित घुसकाण्डमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई घुस लिएको अभियोगमा ८ वर्ष ६ महिना कैद र करोडौँ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।अदालतले व्यवसायी दिपक आनन्दलाई पनि घुस दिएको अभियोगमा ८ वर्ष कैद सजाय सुनाएको छ। पौडेल विशिष्ट तहको सार्वजनिक पदमा रहेर भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै अदालतले अतिरिक्त ६ महिना कैद थप गरेको हो।फैसलाअनुसार घुसको रकम प्रत्यक्ष रूपमा बरामद नभए पनि आरोपित दुवैलाई १ करोड ५४ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ। घुस लेनदेनको कुल रकम करिब ३ करोड ८ लाख रुपैयाँ रहेको अभियोगका आधारमा जरिवाना निर्धार

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 98 पटक पढिएको
  • मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङ—  मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ ।थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब रु चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिप जाँच गर्दा सामान फेला परेको हो ।भन्सार प्रज्ञापनपत्र र आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 442 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.