अपराध

    Showing 1,041-1,050 of 1,396 items.
  • सिम्रौनगढका मेयरले नगद नपाएपछि अफिसर कुटे भन्ने समाचार बाहिरिए पछि यसो भन्छन् मेयर

    बारा - मधेश प्रदेशस्थित स्थानीय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरिएको घटना सार्वजनिक भएको छ । यसअघि पनि मेयरको स्वार्थ पूरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए ।कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेका हुन् । गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोल

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 336 पटक पढिएको
  • धारिलो हतियार प्रयोग गरी हत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— काभ्रेपलाञ्चोक भुल्मु गाउँपालिका वडा नं. १० का स्थायी घर ४३ वर्षीय माइला भन्ने बिक्रम तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरी फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी वडा नं. ७ घर भई काठमाडौंको डल्लुमा बस्ने २२ वर्षीय आशिष श्रेष्ठ रहेका छन् ।काठमाडौं वडा नं. २० स्थित परोपकार पुलमुनी बैशाख १६ गते माइला तामाङको धारिलो हतियार प्रहार घाइते भएकोमा उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा सोही दिन मृत्यु भएको अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।  आरोपित श्रेष्ठबाट चक्कु, सामसुङको मोबाइल एक थान, झोला, सर्ट, पाइन्ट, जुत्ता, कपडाको म

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 221 पटक पढिएको
  • मेयरविरुद्ध बालिका बलात्कारको जाहेरी परेपछि...

    काठमाडौं— सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ। १८ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा मेयर अधिकारी दनुवारविरुद्ध जल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी परेको हो । उनले दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी बालिकालाई करणी गरेको भनी जाहेरीमा उल्लेख छ । बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले घटनाको गम्भीरता हेरेर तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले भने, “हामीले घटनाको प्रारम्भिक अनुसन्धान थालेका छौं । पीडितको स्वास्थ्य त

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 300 पटक पढिएको
  • प्रिशा शाह मृत्यु प्रकरणः ओडिसा प्रहरी के भन्छ ?

    काठमाडौं— नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । भुवनेश्वर प्रहरी कमिस्नर एस देवदत्त सिंहले घटनाको जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको बताएका छन् । कमिस्नर सिंहका अनुसार फरेन्सिक टिमसहित पुगेको प्रहरीले प्रिशा मृत भेटिएको कोठामा प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि पठाइएको जनाएको छ । प्रहरीका अनुसार प्रिशा मृत्यु प्रकरणमा अप्राकृतिक मृत्युसम्बन्धी मामला दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले भारतस्थित नेपाली दूतावासलाई घटनाको बारेमा जानकारी गराएर अनुसन्धान सुरु गरेको थियो । प्रिशाको शव अ

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 272 पटक पढिएको
  • कटुवा पेस्तोल सहित १ जना पक्राउ

    काठमाडौं— सुनसरीको हरीनगर गाउँपालिका–७ स्थितबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय सजाद अन्सारी रहेका छन । बैशाख १८ गते अपरान्ह बादबिवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानियबासीले प्रहरीलाई खवर गर्ना साथ तत्काल प्रहरीचौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित पक्राउ परेका थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 269 पटक पढिएको
  • ‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा विवाद हुँदा खुकुरी प्रहार

    काठमान्डौं— आफ्नो ‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा खुकुरी प्रहारको घटना सार्वजनिक भएको छ । यही बैशाख १७ गते सिराहाको लहान नगरपालिका ३ दंग्राहा टोलमा ‘अनटेस्ट’ मोटरसाइकल छोएको विषयमा विवाद हुँदा खुकुरी प्रहारको भएको सिराहा प्रहरीले जानकारी दिएको छ ।सोही ठाउँ बस्ने २७ वर्षीय देवकुमार महतोले आफ्नो नयाँ मोटरसाइकल छोएको भन्दै उनीमाथि खुकुरी प्रहार गरिएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए । डिएसपी पासवान भन्छन्, ‘किन आफ्नो मोटरसाइकल छोएको भन्दै मोटरसाइकल धनी मनिष महतोसहितका घरपरिवारले सुरुमा वादविवाद गरे, त्यो उग्ररुप लिन थालेपछि मनिषकी श्रीमती, भाइ र आमासहितकाले देवलाई लछारपछार ग

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 280 पटक पढिएको
  • रेड नोटिस जारी भएका फरार आरोपीलाई साउदीबाट नेपाल

    काठमाडौं— प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार आरोपीलाई साउदीबाट नेपाल ल्याएको छ ।दोलखाको गौरीशंकर गाउँपालिका—५ सुरी डाँडा टोल बस्‍ने बागसिं भन्ने रबिन तामाङलाई बिहीबार साउदीबाट नेपाल ल्याएको हो ।साउदी अरबबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१ मा उनी विरूद्ध रेड नोट

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 295 पटक पढिएको
  • अपहरणको गरेको भन्दै नाबालकसहित चार जना पक्राउ

    काठमाडौं— वीरगञ्जको कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले जानकारी दिए । हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन ।पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 301 पटक पढिएको
  • धादिङमा कुटपिट गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं— धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित रायोटारमा मृत भेटिएका सुक बहादुर तामाङ ‘सुबा’ को हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रुबिभ्याली गाउँपालिका–४ घर भएका सुक बहादुर वैशाख १२ मा नीलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङ सडकमा मृत भेटिएका थिए ।उनलाई कुटपिट गरेर हत्या गरिएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए। ५० वर्षीय सुक बहादुर तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले सुमन सुनारलाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका–५ स्थित न्यौपाने गाउँ घर भएका २० वर्षीय सुमन  नीलकण्ठ नगरपालिका स्थित रायोटारमा बस्दै आएका थिए । डीएसपी हमाल भन

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 254 पटक पढिएको
  • खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं— भारतबाट सामान ल्याउँदा भन्सार छलीमा सहजीकरण गरीदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी खड्काले ३० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।उनलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । खड्काविरुद्ध अख्तियारले ३० हजार रुपैयाँ बिगो र चार महिनासम्म कैद सजायको माग गरेको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 293 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा