काठमाडौं— नवलपरासी कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पाल्पामा पक्राउ गरेको छ।
कास्की पोखरा महानगरपालिका–२१ का २८ वर्षीय समिर गुरुङ आइतबार बिहान पक्राउ परेका हुन्। प्रहरी चौकी प्रभास, पाल्पाको टोलीले तानसेन नगरपालिका–१० साडीखोलास्थित उनको ससुराली घरबाट बिहान करिब ३ बजे उनलाई नियन्त्रणमा लिएको हो।
पाल्पा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार गुरुङ लागुऔषधसम्बन्धी मुद्दामा जेल सजाय भोग्दै आएका थिए। उनी गत २४ भदौमा ‘जेन–जी आन्दोलन’का क्रममा नवलपरासी कारागारबाट फरार भएका थिए।
पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय पाल्पामा बुझाइएको प्रहरीले जनाएको छ।






































