ललितपु— ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्याङ्की नजिक हनुमन्ते खोला किनारमा प्रहरीले तीन राउन्ड गोलीसहितको एक थान चाइनिज पेस्तोल बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा खटिएको सातदोबाटो प्रहरी वृत्तको सिभिल टोली र टिकाथली प्रहरी चौकीको संयुक्त टिमले उक्त पेस्तोल फेला पारेको हो। बरामद गरिएको हतियार टाइप ‘छद्ध’ चाइनिज पेस्तोल भएको र त्यसमा म्याग्जिनसहित तीन राउन्ड गोली लोड गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई पेस्तोल जफत गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।