काठमाडौं— सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका–१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका–७ बस्ने २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका–१ बस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला नगरपालिका–२ बस्ने १९ वर्षीय अमित साह रहेका छन् ।इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकहरूलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकप
काठमाडौं— जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्साको वीरगंज महानगरपालिका-३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेका छन् ।एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला
नैरबी, २६ बैशाख । हात्तीको दाँत र गैंडाको सिङ्गको तस्करीको बारेमा तपाइले सुन्नु भएको होला तर अब त सिकारीले हाम्रो वातावरणका लागि बहुमूल्य कमिला पनि तस्करी गर्न थालेका छन् । यस्तै एउटा चकित पार्ने घटनामा केन्यामा घटेको छ । त्यहाँको एक अदालतले दुई नाबालिग सहित चार जनालाई हजारौं कमिला तस्करी गरेको आरोपमा दोषी पाएको छ र उनीहरूलाई ७,७०० अमेरिकन डलर जरिवाना गरेको छ। अदालतले नाबालिगले जरिवाना नतिरे १२ महिना जेल पठाउन पनि भनिसकेको छ । खासमा केन्याली बन्यजन्तु अधिकारीहरूले अप्रिल ५ मा छापा मारेर दुई बेल्जियम किशोर, एक भियतनामी नागरिक र एक स्थानीयलाई पक्राउ गरेका थिए। तिनीहरूबाट ५ हजार ४४० विश
काठमाडौं — राजावादीको आन्दोलनमा २०८१ चैत्र १५ गते तीनकुने घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेको आरोपमा सेनाका पुर्व हवल्दार पक्राउ परेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर हाल तारकेश्वर नगरपालिका वडा नम्बर १० मनमैजु बस्ने मन बहादुर कालामगरलाई २०८२ बैशाख २५ गते पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आयोजना गरेको प्रदर्शनमा सहभागी कालामगरले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाएका एसप
विराटनगर— विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते सुनसरीको धरान उप(महानगरपालिका—१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३ हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट र DIAZEPAM-३० एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङ बिराटनगर—१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी—४ का १९ वर्षीय हेमराज बिश्वकर्
रौतहट २५बैशाख। भारत पाकिस्तान बीच युद्द हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनीया नागरिक पक्राउ परेका छन्।मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी पुल हुँदै भारत प्रवेश गरेका ४ जना चिनीया नागरिक लाई बुधवार भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीन हुनान प्रान्तका डेन विजोन ,लीं युन्गाघौई, हि क्युँ हैनसेन र हुवाग लिविंग रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले न्युज कारखानालाई बताए ।भारतीय सीमा सुरक्षा बल एसएसबी र मोतिहारी पुलिसले बिना भिसा अवैध रूपमा भारतीय क्षेत्र
काठमाडौं— नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौं महानगरपालिका २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही घर भई चन्द्रागिरि नगरपालिका १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् । उनीहरूको साथबाट नगद र दुई थान मोबाइलसहित विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक पनि
मकवानपुर— मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।राक्सिराङ–९ खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप बुधबार बिहान सवा ८ बजे दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काका अनुसार घाइते सबैको उद्धार गरी तत्काल उपचारका लागि मनहरी अस्पताल पठाएको छ। दुर्घटनामा गम्भीर घाइते हुनेमा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, अन्दाजी ७५ वर्षीय डिलबहादुर घलान, र उनको ७० वर्षीया श्रीमती फुलमाया घलान पनि
काठमाडौं— काठमाडौँको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेको छ । १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही स्कुलका प्रशासन तर्फ परीक्षा विभागमा ५४ वर्षीय शिक्षक टिकाप्रसाद सुवेदीलाई पक्राउ गरेको हो ।बालिकालाई पटक–पटक बाल यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाको मौखिक जाहेरीका आधारमा नयाँ बानेश्वर प्रहरी वृत्तले सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।मोरङको बेलबारी नगरपालिका घर भई काठमाडौँको कागेश्वरी मनोहरामा बस्दै आएका सुवेदी सो विद्यालयमा करिब १२ वर्षदेखि कार्यरत थिए ।सुवेदीविर
विराटनगर— सुनसरी र मोरङबाट लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा. ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चबिसे गाउँपालिका—३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ किलोग्राम गाँजा फेला परेकोले गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले विराटनगर(१५ स्थितबाट बेलबारी नगरपालिका४ का अनमोल राईलाई ब्राउनसुगर २ ग्राम ८४ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.