काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएका छन् ।मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरे ।‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन
पर्सा— पर्साको पकहामैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारी साधन चेकजाँच गरेको थियो ।प्रहरीका अनुसार तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई रोकेर जाँच गर्ने क्रममा कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए ।ती पोकाहरू खोलेर जाँच गर्दा प्लाष्टिकसहित कुल ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएक
काठमाडौँ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीया सञ्चमाया तामाङ छिन्।बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै उनले लामो समयसम्म झुक्यानमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो।अनुसन्धानका क्रममा तामाङले तीन जना पी
काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, काठमाडौं कागेश्वरी मनोहरा नगरइपालिका-९ बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौं महानगरपालिका-३ बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा र काठमाडौं महानगरपालिका-१५ बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोम कुमारी थापा रहेका छन् । पक्राउ मध्ये सुष्माले चेक र
म्याग्दी। म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेमा बाराका आकाश राय, पर्साका लालबाबु राय, प्रमोद कुमार, सुनिलकुमार राय र एक नाबालकलाई अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई म्याग्दी जिल्ला अदालतको अनुमतिमा अनुसन्धानका लागि तीन दिनका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरुले बेनी नगरपालिका–५ गाजनेको जगन्नाथ मन्दिरमा सोमबार लागेको
खोटाङ। डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो । स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले अनधिकृत रुपमा बिक्रीका लागि लैजान लागेको अवस्थामा फेला परेको डिभिजन प्रमुख राजन राईले जानकारी दिनुभयो । “काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खु
काठमाडौं / करिब ३६७ किलो गाँजा सहित तीन जना पक्राउ परेका छन् । उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर भएका २१ वर्षीय सोम मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना।७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका—१० चिप्लेटीबाट लागूऔषध गाँजा करिब १६८ किलोग्राम सहित २ जनालाई सोमबार
सोलुखुम्बु / सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गरेको आरोपमा चार चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आयोजनामा कार्यरत चालकहरूले नियमित रूपमा डिजेल चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनापछि अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा चोरीको डिजेल खरिद गर्ने एक व्यक्तिसहित चार चालकलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ६६५ किलोग्राम अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरिएको छ। पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी
काठमाडौं । लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।दक्षिणकाली नगरपालिका-५ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्
बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याविरुद्ध सुरु भएको आन्दोलन झन् चर्किँदै गएको छ। न्यायको माग गर्दै उनका आमाबुबा र आफन्त तीन दिनदेखि वीरगञ्ज-पथलैया सडकखण्डमा धर्ना बसेका छन्। प्रशासनले स्थानीय तथा राजनीतिक दलका प्रतिनिधिसँग गरेको सहमति पीडित परिवारले अस्वीकार गरेपछि सडक अझै खुल्न सकेको छैन।गरिमाको हत्या केवल एउटा आपराधिक घटना बनेर सीमित रहेन, यो अहिले राज्यको न्याय प्रणालीमाथिको गम्भीर प्रश्न बनेको छ। छोरी गुमाएका आमाबुबाले राहत वा आश्वासनभन्दा पनि न्यायको सुनिश्चितता मागिरहेका छन्। परिवारको स्पष्ट अडान छ- “सहमति होइन, न्याय चाहिन्छ।”बिहीबार राति प्रशासनल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.