काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहको प्रवेशद्वारअगाडि गाडी पार्किङ गरेर अवरोध सिर्जना गरिएको घटनाको कडा विरोध गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले उक्त घटनालाई निन्दनीय, अराजक र सस्तो स्टन्ट को संज्ञा दिँदै स्वतन्त्र प्रेसलाई तर्साउने प्रयास सफल नहुने बताएका छन्।
पौडेलले राज्यले आफ्ना कमजोरी लुकाउन अराजक गतिविधिको संरक्षण गर्न नहुने उल्लेख गर्दै राज्यशक्तिको दुरुपयोग भएको भए सम्बन्धित निकायले तत्काल जवाफ दिनुपर्ने माग गरेका छन्।






































