भेनेजुएला । शक्तिशाली भूकम्पले तहसनहस बनेको भेनेजुएलामा मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगेको छ। हजारौँ मानिस घाइते र विस्थापित भएपछि उद्धार तथा राहत अभियान अझै जारी छ।

सरकारी विवरणअनुसार १६ हजार ७ सय ४० जना घाइते, १७ हजार ९ सय ७ जना घरबारविहीन भएका छन्। भूकम्पले १९० भवन पूर्ण रूपमा ध्वस्त बनाएको छ भने ८ सय ५६ भवनमा गम्भीर क्षति पुगेको छ।

उद्धार टोलीले हालसम्म ६ हजार ४ सय ६२ जनालाई जीवित उद्धार गरेको छ। प्रभावित क्षेत्रमा हजारौँ परिवारलाई खाद्यान्न, स्वास्थ्य सेवा र राहत सामग्री वितरण भइरहेको छ।

गत जुन २४ मा याराकुई राज्य केन्द्रबिन्दु भएर ४० सेकेन्डको अन्तरमा ७।२ र ७।५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि भेनेजुएला ठूलो मानवीय संकटमा परेको छ।