काठमाडौँ – आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले १ सय ८५ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
भारतको मुम्बईस्थित वानखडे स्टेडियममा भएको खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।
नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।




































