काठमाडौं – नेपालका बलर शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । आइतबार भारतको मुम्बईमा इंग्ल्यान्डविरुद्धको विश्वकप खेलमा शेरले नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।
उनी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी हुन् । उनले १० खेलमा १७ विकेट लिएका थिए ।