काठमाडौँ। सुदूरपश्चिम रोयल्स राजधानीमा जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।
आज सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन पनि उपाधि नजिक पुगेको हो । पराजित विराटनगरले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।
आजको खेलपछि विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताउनुभयो । अस्ती हाम्रो दिन थियो, आज सुदूरको दिन रह्यो । उहाँले भन्नुभयो, “ब्याटिङमा हामी चल्न सकेनौँ, त्यसको नतिजा सुदूरपश्चिमको पक्षमा प¥यो ।” आजको खेलमा भएका कमीकमजोरी सुधार गरेर अर्काे खेलमा सुधार गर्ने बताउनुभयो ।
यता सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइनले भने यसपटकको उपाधि आफूहरूले जित्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लगातार दोस्रो पटक फाइनल पुगे पनि यसपल्ट उपाधि सुदूरपश्चिमले जित्ने हो ।”





































