सर्लाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही जिल्ला कार्यसमितिले कृषकले भोगिरहेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै पाँच बुँदे मागसहित ज्ञापन पत्र सार्वजनिक गरेको छ।
पार्टीले खाद्यान्न र तेलहनाजस्ता अत्यावश्यक वस्तुहरूको उत्पादन लागतमा वृद्धि, अव्यवस्थित मूल्य निर्धारण तथा बजारमा भइरहेको महँगीका कारण किसानहरू मारमा परिरहेको भन्दै सरकारले यस वर्षको उपजको समर्थन मूल्य न्यायोचित रूपमा तोक्नुपर्ने माग राखेको छ।
ज्ञापनका मुख्य बुँदाहरू यस प्रकार छन्
१.सरकारले कृषि उत्पादनको समर्थन मूल्य तोक्दा वास्तविक उत्पादन लागत, मूल्य वृद्धिको असर तथा किसानको हितलाई प्राथमिकता दिनु पर्ने।
२.किसानले पाउने मूल्यलाई ‘अनुदान’ वा ‘राहत’ जस्ता शब्दले भ्रमकारी नबनाई प्रत्यक्ष मूल्यको रूपमा सुनिश्चित गर्नुपर्ने।
३.बालीनालीको समर्थन मूल्य निर्धारण गर्दा बजार मूल्य, उत्पादन लागत र महँगीलाई वैज्ञानिक रूपमा विश्लेषण गरी न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने।
४.स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आयात नीतिमा समायोजन गरी विदेशी उत्पादनले नेपाली किसानलाई विस्थापित हुन नदिने व्यवस्था गर्नुपर्ने।
५.दूध उत्पादक किसानहरूका लागि तत्काल राहत तथा आवश्यक समन्वय गर्नुपर्ने।
पत्रमा उल्लिखित मागहरू अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई अवगत गराइएका छन्।रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बनियाँले उक्त ज्ञापनमार्फत किसानका समस्यालाई सरकारसँग गम्भीरतापूर्वक उठाइएको उल्लेख गरेका छन्।






































