काठमाडौं— फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।

भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ ।

मिन्डानाओ क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण आउन बाँकी छ ।