काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरूले पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् ।
ललितपुरको खुमलटारमा रहेको प्रचण्डको घरमा युवाहरूले गेट फुटाएर भित्र पस्ने तयारी गरिरहेका छन् ।प्रदर्शनकारीले यसअघि सीचारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा ढुंगामुढा र आगजनी गरेका थिए ।
प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि आक्रोशित भएका उनीहरूले प्रहरीको घेरा तोडेर आगो झोसिदिएका हुन् । प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् ।