काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटा र एक्स (पहिलेको ट्विटर) प्रति असन्तुष्टि जनाउँदै ती कम्पनीहरूले नेपाललाई ‘भ्रष्ट देश’ भन्दै सूचीकरणमा नआउने निर्णय लिएको बताएका छन् ।
सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले नेपालप्रति यस्तो व्यवहार गर्नु ‘हेपाइ’ भएको टिप्पणी गरेका हुन् । उनले भने, “मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपे।”
नेपाल सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता प्रक्रियामा ल्याउने प्रयास गरिरहेको बेला मेटा र एक्सको अस्वीकारलाई मन्त्री गुरुङले गम्भीर रुपमा लिएका छन् ।






































