काठमाण्डौ  ।  जेन–जी आन्दोलनका क्रममा हिजो घटेको घटनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कठोर शब्दमा सरकार र प्रधानमन्त्रीमाथि प्रहार गरेका छन्। हिजो मध्यराति सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले प्रधानमन्त्री केइपी शर्मा ओलीलाई सीधै ‘आतङ्कवादी’को संज्ञा दिएका छन्।

बालेनले आफ्नो पोस्टमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्।”

उनको उक्त टिप्पणी केही घण्टामै भाइरल बनेको छ। पोस्टमा करिब ५ लाख प्रतिक्रियाहरु, एक लाखभन्दा बढी कमेन्ट र ९० हजार शेयर भएको देखिन्छ।

जेन–जी आन्दोलनमा भएको गोली प्रहार र युवाको मृत्यु पछि राजनीतिक नेतृत्वमाथि बढ्दो आक्रोशबीच बालेन साहको यो अभिव्यक्ति थप चर्चामा आएको छ। उनले प्रयोग गरेको ह्यासट्याग #kpoliisterrorist अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङ बनेको छ।

बालेनको यस्तो आक्रामक टिप्पणीले सरकार र शासक दलहरूलाई थप दबाब दिने देखिएको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई “निडर आवाज” भन्दै समर्थन जनाएका छन्।Screenshot_2025_0909_065712