काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बिहान कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।