काठमाडौं— संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो ।
जसमा बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची छ ।