काठमाडौं–  सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०–८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।