सप्तरी – तिरहुत गाउँपालिका–१ स्थित क्रिकोल गाउँमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।


इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार स्थानीय ४० वर्षीय भूपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको हो।


काफ्लेले बताएअनुसार यादवलाई आफ्नै घरमा पंखा जडान गर्ने क्रममा करेन्ट लागेको थियो। गम्भीर अवस्थामा उनलाई उपचारका लागि भारदहस्थित अस्पताल लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।