ओटावा – क्यानडाको ओटावा शहरमा एक मुस्लिम महिलामाथि भएको दुर्व्यवहारप्रति प्रधानमन्त्री मार्क कार्नीले कडा प्रतिक्रिया जनाएका छन्। उनले देशमा घृणा र हिंसा फैलाउनेलाई कुनै स्थान नहुने बताएका छन्।
अगस्ट ११ मा मोर्गनको ग्रान्ट क्षेत्रस्थित बसमा यात्रा गरिरहेकी एक मुस्लिम महिलामाथि दुर्व्यवहार गरिएको थियो। पीडित महिलाले हिजाब लगाएकी थिइन्। उनलाई बिना कुनै उक्साहट अपमानित गरिएको, धम्की दिइएको र दुर्व्यवहार गरिएको क्यानडा सरकारले पुष्टि गरेको छ।
प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै लेखेका छन्, "बिना कुनै उत्तेजना आक्रमण गरियो। उनलाई धम्की दिइयो र दुर्व्यवहार गरियो। यस घटनामा संलग्न दोषीमाथि कडा कारबाही हुनुपर्छ। हाम्रो समवेदना पीडितप्रति छ। क्यानडामा कोही पनि व्यक्ति काम वा स्कूल जाँदा असुरक्षित महसुस गर्नु हुँदैन।"
यसैबीच, क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले गाजाको मानवीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तुरुन्त सहयोग आवश्यक भएको बताएकी छन्। उनले ट्विटरमा लेखेकी छन्, "गाजाको अवस्था अत्यन्त पीडादायी छ। भोकमरी रोक्न तत्काल कदम चालिनु आवश्यक छ। हामी इजरायली सरकारसँग अपील गर्छौं कि उनीहरूले गैर-सरकारी संस्थाहरूलाई मानवीय सहायता पुर्याउन अनुमति दिन।"