काठमाडौं — निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै कायम राख्ने निर्णय गरेको छ।


मंगलबार बसेको आयोगको बैठकले पार्टी पदाधिकारी परिवर्तनसम्बन्धी केही विवरण प्राप्त भए पनि ती प्रक्रिया वैधानिक नदेखिएको निष्कर्ष निकाल्दै पुरानै अभिलेखलाई मान्यता दिने निर्णय गरेको हो।


अध्यक्ष रञ्जिता श्रेष्ठ पछिल्ला केही समयदेखि विवादमा परेकी थिइन्। त्यसपछि पार्टीले राष्ट्रिय भेला गरी लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेको थियो। तर आयोगले सो निर्णयलाई मान्यता नदिँदै श्रेष्ठकै अध्यक्षता कायमै रहने जनाएको हो।